बाख्रापालनबाट चार लाख आम्दानी

काठमाडौँ,२० माघ । तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएको हो । उनले बाख्रापालनबाट वार्षिक करिब रु चार लाख आम्दानी गर्दै आएका छन् । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गर्नुभएका खड्का […]

सम्बन्धित सामग्री

खोले साग बिक्रीबाट तीनमहिनामा तीन लाख आम्दानी

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएका महतो दम्पतीले वार्षिक तीन लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताए । […]

पाँच महिनाको आन्तरिक आम्दानी एक करोड ३२ लाख

गोरखा नगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा लक्ष्यको करीव १९ प्रतिशत मात्रै आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ७ करोड १३ लाख रुपैयाँ भन्दा बढी आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । आन्तरिक स्रोतबाट ५ करोड ८३ लाख १ हजार ५ सय र घरजग्गा रजिष्ट्रेशनबाट १ करोड ३० लाख रुपैयाँ आम्दानी हुने […]

किबी बेचेरै २० लाख आम्दानी

भोटेकोसी गाउँपालिका वडा नं. १ सेमुङका अर्जुनबहादुर सापकोटाले किबी खेतीबाट राम्रो आम्दानी निकालेका छन् । दुई सय ५० रोपनी जमिनमा लगाएको किबी बेचेर यो वर्ष उनले २० लाख कमाएका हुन्...

भटमास खेतीबाट तीन लाख ५० हजार आम्दानी

कञ्चनपुर– दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आएका छन् ।  गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव रु डेढ लाख आम्दानी गरे । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले तीन लाख ५० हजार आम्दानी गरेका छन् ।  थोरै मिहिनेतमा धेरै आम्दानी हुने […]

बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी

मोरङको सुन्दरहरैंचा–१  कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गर्दै आएका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भएँ”, उनले भने । उनको फार्ममा उन्नत जातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसी बाख्रा छन् । सुरुआतमा बुढाथोकीले चार बाख्रा र स–साना पाठा पाठीबाट व्यावसाय थालेका हुन् । ह

पोखरा स्पोर्टस् अवार्डबाट २२ लाख आम्दानी

छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ बाट २२ लाख रुपैयाँ आम्दानी भएको छ । गत असार १८ गते पोखरामा सम्पन्न भएको उक्त अवार्डबाट २२ लाख ९ हजार आम्दानी भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा आयोजना गरेको आयव्यय सार्वजनिक कार्यक्रममा जानकारी दिइयो ।उक्त अवार्ड सम्पन्न गर्न १८ लाख ३४ हजार २ सय […]

भिजिट भिसामा जान वार्षिक ६ लाख आम्दानी र खातामा तीन लाख अनिवार्य

काठमाडौं : सरकारले वार्षिक ६ लाख आम्दानी नभएका नेपाली नागरिकलाई भिजिट भिसामा जान रोक लगाएकाे छ। गृह मन्त्रालयले आठ बुँदे निर्देशन जारी गर्दै भिजिट भिसामा जान कम्तीमा खाडी मुलुकबाहेक दुई देश भ्रमण गरेकाे हुनुपर्ने र वार्षिक ६ लाख आम्दानी र त्यसको आधा अर्थात् तीन लाख खातामा रकम भएको हुनुपर्ने जनाएकाे छ। आजबाट १८ देशमा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको सरकारले यस्तो नयाँ नियम ल्याएको हो। कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै भिजिट भिसामा विदेश गएका नेपाली विभ

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बिमा

पहिलो वर्ष तीन करोड दुई लाख ३२ हजार आम्दानी बिमाबाट भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ६७ लाख ७३ हजार, २०७६/७७ मा २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो।...

हुलाक टिकट बिक्रीबाट साढे दुई लाख आम्दानी

लमजुङ, २५ मङ्सिर: लमजुङमा हुलाक टिकट बिक्रीबाट रु दुई लाख ६८ हजार ८०० आम्दानी भएको छ । आर्थिक वर्ष २०७८-७९ को साउनदेखि कात्तिकसम्म जिल्ला हुलाक कार्यालयले उक्त रकम विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको हो । हुलाक कार्यालयका खरिदार सूर्यप्रसाद सोतीका अनुसार यस अवधिमा विभिन्न दरका ३० हजार ५८० हुलाक टिकट बिक्रीबाट उक्त रकम […]

भैँसीपालनबाट मासिक एक लाख आम्दानी

सल्यान : बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका प्रमेश केसीले भैँसीपालनबाट मनग्य आम्दानी आम्दानी गर्दै आइरहेका छन्। उनले फर्म नै दर्ता गरेर भैँसी पालेका छन्। उनको फर्ममा रहेका आठ वटा दुहुना भैँसीले दैनिक ७० लिटर दुध दिने गरेको छ। दुध प्रतिलिटर ६० रुपैयाँमा बिक्री भइरहेको प्रमेशले बताए। उनको फर्ममा दुईजनाले रोजगारी पाएका छन्। प्रमेशले भैँसीसँगै कुखुरापालन पनि गर्दै आइरहेका छन्। ब्रोइलर जातका कुखुरापालनबाट उनले वार्षिक ८ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।