मह बेचेर वार्षिक ३५ लाख आम्दानी

 पर्वत : घर वरिपरि मौरीका घारैघार। घरअघि ठूलो सुन्तलाको बगैँचा छ।बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो।परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उहाँले देखाउनुभएको छ। विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आएका छन्। उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका