दाङका ४ पालिकामा प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध

रुपन्देही । तिहार नजिकिँदै गर्दा स्थानीय स्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् । चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका […]

सम्बन्धित सामग्री

तिहार र ग्रामीण अर्थतन्त्र

नेपालीहरूको दोस्रो महान् पर्व तिहारले बिदा लिएको छ । सामाजिक सद्भाव कायम गराउनेदेखि गाउँमा त्यतिकै खेर जाने वस्तुसम्मको बजार सृजना गराउने काम तिहारमा हुन्छ । त्यसैले आयको वितरण ग्रामीण क्षेत्रमा पुर्‍याउन तिहारले योगदान दिएको देखिन्छ । पाँच दिनसम्म मनाइने यो चाड निकै विविधतामय छ । प्रकृतिको पूजादेखि ग्रामीण उत्पादन खपत गराउने यस चाडको धार्मिक, सांंस्कृतिक र सामाजिक महत्त्व त छँदै छ, यसको आर्थिक पक्ष पनि उत्तिकै सबल देखिन्छ ।  चाडपर्व भन्नेबित्तिकै तिनले खपत बढाउँछन् र अर्थतन्त्रलाई चलायमान गराउँछन् । दशैंतिहारमा नेपालमा हुने कुल व्यापारको झन्डै ३० प्रतिशत कारोबार हुने आकलन छ । यद्यपि यसबारे ठोस अध्ययन भने भएको छैन । तिहारमा हुने विविधताले अर्थतन्त्रलाई फरक किसिमले चलायमान गराउने देखिन्छ ।  गाउँघरमा सित्तैमा उपलब्ध हुने वस्तुले समेत तिहारमा राम्रो बजार पाउँछ । उदाहरणका लागि रातो माटोलाई लिन सकिन्छ । भुइँ पोत्नका लागि प्रयोग हुने रातो माटो शहरमा राम्रै मूल्यमा विक्री हुन्छ । तिहारमा कटुस, बिमिरो पनि अनिवार्य जस्तै मानिन्छ । गाउँका वनजंगलमा फल्ने कटुसले तिहारमा बजार पाउँछ । त्यतिमात्र होइन, बिमिरो, भोगटे, लगायतका वस्तुले तिहारमा बजार पाउँछ जसले शहरको पैसा गाउँमा लैजान्छ । तिहारमा विगतमा सयपत्री फूल र प्लास्टिकका फूलको आयात ठूलो परिमाणमा हुन्थ्यो । तर, अहिले सरकारले यसको आयातमा प्रतिबन्ध लगायो भने अर्कातिर नेपालमै प्रशस्त फूलखेती भयो । भारतीय फूल नभित्रिएको होइन, प्लास्टिकका फूल पनि बजारमा प्रशस्तै देखिए । सरकारले निर्णय कार्यान्वयन गर्न सकेन । तैपनि नेपाली किसानको फूलले राम्रो बजार पायो । फूलको बजार व्यवस्थापन गर्न काठमाडौं महानगरले स्थान तोक्यो तर त्यहाँ किसानको फूल नबिक्दा उल्टो मर्का पर्‍यो । फूल नबिकेको गुनासो विक्रेताको रहेको पाइयो । बजारमा केही समस्या देखिए पनि नेपालको उत्पादनले बजार ओगट्नु सकारात्मक पक्ष हो । यसमा सुधार गर्नु आवश्यक देखिन्छ ।  तिहारको अर्को महत्त्वपूर्ण पाटो देउसीभैलो हो । यो विशुद्ध मनोरञ्जनको परम्परा हो । विगतमा विद्यालय भवन निर्माणका लागि देउसीभैलो खेलेर रकम जम्मा गर्ने प्रवृत्ति थियो । अर्थात् यसले विकासनिर्माणमा समेत योगदान दिएको थियो । यो सामाजिक पूँजी हो । दशैंमा शहरमा व्यापार व्यवसाय गर्ने, जागीर खाने वा अध्ययन गर्ने सबै नागरिक गाउँतिर जाँदा गाउँको अर्थतन्त्रलाई धेरथोर टेवा पुग्छ । ग्रामीण उत्पादनको खपत तत्तत् स्थानमा हुन्छ । तर, त्यसमा गाउँका सामान्य उत्पादनले शहर प्रवेश खासै पाउँदैन । तिहारमा भने यस्ता वस्तुको विक्री व्यापक हुन्छ र गाउँको अर्थतन्त्रलाई निकै सहयोग पुर्‍याउँछ ।  तिहारको अर्को महत्त्वपूर्ण पाटो देउसीभैलो हो । यो विशुद्ध मनोरञ्जनको परम्परा हो । विगतमा विद्यालय भवन निर्माणका लागि देउसीभैलो खेलेर रकम जम्मा गर्ने प्रवृत्ति थियो । अर्थात् यसले विकासनिर्माणमा समेत योगदान दिएको थियो । यो सामाजिक पूँजी हो ।  तर, अहिले यस्तो प्रवृत्ति घटेको छ र सानातिना काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढ्दो छ । मुठी दानबाट बनेका कतिपय विद्यालय र तिनबाट उत्पादित विद्यार्थी राष्ट्रका विभिन्न तहमा छन् । नयाँ पुस्ताले देउसीभैलोलाई निरन्तरता दिएको त छ तर सामाजिक कार्यमा त्यसबाट उठेको रकम लगानी हुन छाडेको छ । यो परिवर्तन सामाजिक र आर्थिक दुवै दृष्टिले उपयुक्त देखिँदैन यसलाई ब्यूँताउन सके विकास निर्माणमा जनसहभागिता जुटाउन सकिन्छ ।  गाउँका उत्पादनले बजार नपाउँदा र आर्थिक स्तर उकास्ने अवसर प्राप्त नहुँदा अहिले ग्रामीण बस्ती बिस्तारै रित्तिन थालेका छन् । सेवासुविधा गाउँमा राम्र्रैसँग पुगेको छ ।े अहिले विद्यालय, स्वास्थ्य सुविधा, बिजुली, पानी, सञ्चार, यातायातको समस्या गाउँमा निकै घटेको छ । सुदूर केही स्थानबाहेक धेरै ठाउँमा सेवासुविधा पर्याप्त भए पनि गाउँमा युवालाई रोक्न सकिएको छैन । त्यही भएर चाडपर्वको रौनक पनि बसाइँ सरेजस्तो छ । तैपनि ग्रामीण क्षेत्रमा उत्पादन हुने वस्तुले शहरमा राम्रो बजार पाउने हो र त्यसलाई सहज बनाइदिने हो भने तिनलाई धेरथोर गाउँमा रोक्न नै नसकिने भने होइन । चाडपर्वलाई यस्तो आर्थिक पक्षसँग जोडेर नीति निर्माण गर्न सकिन्छ र त्यसतर्फ ध्यान जानु पनि आवश्यक छ ।

शारदामा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध

शारदा नगरपालिका सल्यानले तिहारको समयमा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सूचना प्रकाशन गरी प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको हो ।

प्लास्टिकका फूल बिक्री

सरकारले प्लास्टिकजन्य माला तथा फूलगुच्छामा प्रतिबन्ध लगाएको घोषणा गरे पनि त्यस्ता सामग्री निर्बाध बिक्री भइरहेको छ । सरकारको प्रतिबन्ध गर्ने सूचना तिहारमै प्रभावहीन देखिएको छ । धनकुटा बजारका अधिकांश शृंगार तथा खुद्रा पसलमा यि सामग्री बेचिँदै छ ।

प्लास्टिकका फूलमाला प्रतिबन्ध

सरकारले प्लास्टिकजन्य फूलमाला प्रयोग र खरिद बिक्री नगर्न सचेत गरएको छ । वातावरण विभागले बिहीबार सूचना सार्वजनिक गर्दै प्लास्टिकजन्य फूलमालाको प्रयोग वा बिक्री वितरण गरेमा एक लाख रुपियाँसम्म जरिवाना हुने जनाएको हो । प्लास्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न विभागले सचेत गराएको हो ।

विद्यालयमा प्लास्टिकका फूल, खादा, कोल्ड ड्रिंङ्क्स र जंक फुड प्रयोगमा रोक

दाङ : राप्ती गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा प्लास्टिकका फूल, खादा तथा जंक फुड प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।गाउँपालिकाको शिक्षा शाखाले मंगलबार गाउँपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।गत असार १९ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा प्लास्टिक फूल र खादा तथा कोल्ड ड्रिङ्कस, जंक फ