सरकारले प्लास्टिकजन्य माला तथा फूलगुच्छामा प्रतिबन्ध लगाएको घोषणा गरे पनि त्यस्ता सामग्री निर्बाध बिक्री भइरहेको छ । सरकारको प्रतिबन्ध गर्ने सूचना तिहारमै प्रभावहीन देखिएको छ । धनकुटा बजारका अधिकांश शृंगार तथा खुद्रा पसलमा यि सामग्री बेचिँदै छ ।
शारदा नगरपालिका सल्यानले तिहारको समयमा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सूचना प्रकाशन गरी प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको हो ।
काठमाडौं । सरकारले प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाएको छ । सोमबार वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाउने मन्त्री स्तरीय निर्णय गरेका थिए । बिहीबार राजपत्रमा उक्त सूचना प्रकाशित भएको छ । मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले कार्यान्वयनका लागि तल्लो तहसम्म सूचना प्रवाह गरिने बताए । उनले भने, ‘दुई चार दिन […]