काठमाडौंमा प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको बालेनको घोषणा, फूल बिक्रीका लागि किसानलाई तोके ४६ ठाउँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकामा प्लास्टिकका फूल विक्री वितरणमा प्रतिबन्ध लगाइएको बताएका छन् ।बालेनले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न ४६ स्थानमा त्यसको प्रवन्ध गरिएको पनि उल्लेख गरेका छन् । 'प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई...