रुसले अफगान जोड्ने ताजिकिस्तान सीमामा सैन्य उपकरण पठायो

रुसले अफगानिस्तानसँग जोडिएको ताजिकिस्तान सीमा क्षेत्रमा सैन्य उपकरण पठाएको छ । ताजिकिस्तानमा रुसले सैन्य आधार राखेर गतिबिधि गर्दै आएको छ । तालिबानले आक्रमणका घटनामा बृद्धि गरेपछि तात्कालीन सोभियत संघ अन्र्तगतको ताजिकिस्तानमा भारी संख्यामा अफगान सिपाही प्रबेश गरेका थिए । विदेशी भूमी थोरै संख्यामा रुसी सेना रहेका छन् । जसमध्ये एक ताजिकिस्तान पनि हो । समाचार संस्था एएनआईका अनुसार ताजिकिस्तानले रुसको २०१ औं सैन्य आधारमा करिब छ हजार सेनालाई आमन्त्रण गर्ने बताइएको छ । रुसी विदेश मन्त्री सर्जै लभ्रोभले आफ्नो पक्ष राष्ट्र ताजिकिस्तानमा अस्थिरता उत्पन्न गराउने गतिबिधि रोक्न रुसी सैन्य शक्ति परिचालन गर्न नहटने बताउनुभएको छ । ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनले सेनालाई सम्बोधन गर्ने क्रममा अफगानिस्तानको अवस्था तरल रहेको र हुन सक्ने जोखिम नियन्त्रणका लागि पूर्ण तयार रहेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

अफगानी नागरिक रिहाइका लागि तालिबान र पाकिस्तानबीच वार्ता

कानुनी कागजात नभएको आरोपमा पक्राउ परेका ३०० अफगानीलाई रिहा गर्न अफगान तालिबान सरकारले पाकिस्तानसँग वार्ता गरिरहेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) को प्रतिवेदनअनुसार पाकिस्तान सबैभन्दा धेरै अफगानी शरणार्थीका लागि आश्रयस्थल बनेको छ ।“पाकिस्तान अफगानीहरूका लागि शरणको सबैभन्दा ठूलो देश हो, जहाँ करिब एक लाख आठ हजार अफगानीहरू छन्,” रिपोर्टमा भनिएको छ ।  सन् २०२१ को अन्त्यसम्ममा एक लाख ३८ हजार ५०० अफगानी शरणार्थीहरू पाकिस्तान, ताजिकिस्तान र इरानमा रहेका छन् ।

तालिबानले ताजिकिस्तान र चीन सीमामा आत्मघाती लडाकू तैनाथ गर्ने

तालिबानले आत्मघाती आक्रमणकारीहरूको खतरनाक बटालियन तयार पारेर अफगानिस्तानसँग जोडिएको ताजिकिस्तान र चीन सीमामा तैनाथ गरेको छ ।  यी आक्रमणकारीहरूलाई विशेषगरी बदख्शान प्रान्तमा तैनाथ गरिनेछ । उक्त प्रान्तका उपगभर्नर मुल्ला निसार अहमद अहमदीले देशको उत्तरपूर्वी क्षेत्रमा बटालियन बनाइएको विषयमा जानकारी दिए ।  बटालियनको नाम लश्कर-ए-मन्सुरी हो र यसलाई देशका सीमाहरूमा तैनाथ गरिनेछ । यही बटालियनले अफगान सुरक्षाबलहरूका विरुद्ध आत्मघाती आक्रमण गर्ने गरेको थियो ।  अहमदीका अनुसार, यो बटालियनले नै अमेरिकालाई...

अफगान राष्ट्रपति भागेर कहाँ गए?

प्रारम्भिक रिपोर्टका अनुसार राष्ट्रपति अशरफ गनी ताजिकिस्तान भागेका छन्। अलजजीराको रिपोर्ट अनुसार घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानि ताशकंद गएका छन्।...

अफगानिस्तानबाट भागेर कहाँ गए राष्ट्रपति गनी?

एजेन्सी।देश छाडेका अफगान राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमिरूल्लाह सालेह कहाँ गए भन्ने चासो सर्वत्र छ।सुरुमा उनी भागेर ताजिकिस्तान गएको बताइएको थियो।तर पछि अलजजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गरेको छ।अलजजिराका अनुसार राष्ट्रपति गनी,उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन्।अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै उनीहरू तास्कन्द पुगेको उल्लेख गरेको छ।

अफगान राष्ट्रपति देश छोडेर भागे

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् । विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै उनी हवाई मार्गबाट ताजिकिस्तान गएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

अफगान सरकार ढाल्न तालिबानले बनायो खतरनाक रणनीति

अफगानिस्तानमा सरकारभन्दा तालिबानको कब्जा धेरै ठाउँमा छ ।  तालिबानले त्यहाँ ठूलै रणनीतिक अग्रता हासिल गरिसकेको छ । सीमा चौकीहरूमा तालिबानले कब्जा गरेकाले अफगान सरकारको राजस्व र आपूर्तिमा कमी आएको छ । एसिया टाइम्समा छापिएको रिपोर्टअनुसार, तालिबानले पाकिस्तान, इरान, ताजिकिस्तान र तुर्कमेनिस्तानलाई जोड्ने हेरात, फरहा, कन्दहार, कुन्दुज, तखर र बदख्शाँ प्रान्त भएर जाने सातवटा महत्त्वपूर्ण बाटोमा कब्जा गरेको छ । ती चौकीहरू हुँदै २.९ अर्ब अमेरिकी डलरको आयात निर्यात हुने गरेको छ ।  राष्ट्रपति अशरफ गानीको सरकारल...

अफगानिस्तानका एक हजारभन्दा धेरै सैनिक भागेर ताजिकिस्तान पुगे

काठमाण्डाै – अफगानिस्तानका एक हजारभन्दा धेरै सैनिक तालिबानसँगको भिडन्तपछि भागेर ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले विज्ञप्ति निकालेर अफगान सैनिक ज्यान जोगाउन भागेर सीमापारि पुगेका बताएको बीबीसीले जनाएको छ । अफगान सैनिक भागेर ताजिकिस्तान पुगेका गएको तीन दिनमा यो समेत तेस्रो घटना हो भने दुई हप्तामा पाँच पटक गरी एक हजार ६ सय अफगान सैनिक भागेर ताजिकिस्तान पुगिसकेका छन् । अफगानिस्तानबाट बीस वर्षपछि अमेरिका, बेलायत र गठबन्धन सैन्य आफ्नो देश फर्कन थालेसँगै हिंसा चर्किन थालेको ...

तालिवानको आक्रमणपछि झण्डै एक हजार अफगान सेना ताजिकिस्तानमा पलायन

एजेन्सी । तालिवानी लडाकूहरुसँगको झडपपछि आफगानिस्तानका एक हजार भन्दा बढी सेना छिमेकी ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सीमा क्षेत्रमा सशस्त्र विद्रोहीसँग भएको झडपपछि ती सैनिक पलायत भएर ताजिकिस्तान पुगेका हुन् । तालिवानीहरुले आफ्नो देशतर्फका सडक सञ्जाल विच्छेद गरेपछि ज्यान जोगाउन ती सैनिक ताजिकिस्तान पुगेको बताइएको छ । ताजिकिस्तानको सीमा सुरक्षा गार्डले विज्ञप्ति जारी गरेर छिमेकी […]

अफगानिस्तानका एक हजार सिपाही ज्यान जोगाउँदै ताजिकिस्तान पुगे

अफगानिस्तानका सुरक्षाकर्मी भिडन्तको क्रममा ताजिकिस्तान सीमामा प्रबेश गरेको यो तेस्रो पटक हो । करिब एक हजार छ सय सुरक्षाकर्मी ताजिकिस्तान पुगेका छन् । अफगानिस्तानको बदाख्शन र ताखर प्रान्त ताजिकिस्तान सीमासँग जोडिएका छन् । तालिबान समूहले उक्त प्रान्तका अधिकांश भूभाग नियन्त्रणमा लिएको छ । तालिबानले पाकिस्तान सीमासँग जोडिएको एक अफगान सुरक्षा जाँच केन्द्रलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ । अफगानिस्तानका एक जना वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले सबै सडक बन्द गरेपछि सुरक्षाकर्मीलाई ताजिकिस्तान प्रबेशको विकल्प नरहेको बताउनुभएको उल्लेख गरेको छ । अफगान राष्ट्रपति अशरफ घानीले सुरक्षाकर्मी तालिबानको सामना गर्न पूर्ण सक्षम रहेको दाबी गर्नुभएपनि दर्जनौं सुरक्षाकर्मी उज्वेकिस्तान र पाकिस्तानमा शरण लिन पुगेका छन् । तालिबानसँगको भिडन्त उत्कृर्षमा पुगे मध्य एशियाका अन्य कतिपय राष्ट्रमा अफगान शरणार्थी बढ्ने चिन्तामा छन् ।