अमेरिकामा अण्डरएजसँग यौनसम्पर्क गरेको स्वीकार गर्ने ३२ बर्षका पुरुषलाई १७० वर्षको जेल सजाय

बिहिबार अमेरिकाको वायोमिङमा संघीय अदालतका न्यायाधीशले ३२ वर्षीय साल्भाडोर सालास जुनियरलाई अण्डरएजसँग यौनसम्पर्क गरेको अभियोगमा १७० बर्षको जेल सजाय सुनाएका छन् । ती व्यक्ति मेन्टरिङको बहानामा १३ वर्षीया केटीसँग लागुऔषध सेवन र यौनसम्पर्क गरेको आरोपमा पक्राउ परेका थिए । ती व्यक्तिलाई १७० बर्षको जेल सवायका साथमा १ लाख ३० हजार डलर भन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने […]

सम्बन्धित सामग्री

ट्रम्पलाई विषाक्त पत्र पठाउने महिलालाई २२ वर्षको जेल सजाय

वासिङ्गटन डीसी– अमेरिकाको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ। सो घटनामा पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छिन् । ट्रम्पलाई मार्ने उद्देश्यले पत्र तयार पारेको र आफैँले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन् । बीबीसीका अनुसार अभियुक्तको सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट देश निकाला गरिने […]

अमेरिकामा शवका अंग बेचेर ग्राहकलाई नक्कली खरानी दिनेलाई २० बर्ष जेल सजाय

अमेरिकाको कोलोराडोमा शरीरका अंगहरू बेचेर ग्राहकलाई नक्कली खरानी दिने फ्युनेरल होमका पूर्व मालिकलाई २० बर्षको जेल सजाय सुनाइएको छ । उनलाई अवैध रूपमा शरीरका अंगहरू बेचेको र ग्राहकहरूलाई नक्कली खरानी दिएको आरोपमा संघीय अदालतका न्यायाधीशले मंगलबार २० वर्षको जेल सजाय सुनाएका हुन् । मेगन हेसले नोभेम्बरमा एक याचिका सम्झौता अन्तर्गत दोष स्वीकार गरेपछि अधिकतम सजाय […]

सभामुख पेलोसीका श्रीमान्लाई किन सुनाइयो पाँच दिनको जेल सजाय?

अमेरिकी तल्लो सदन प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमान्‌ लाई पाँच दिनको जेल सजाय सुनाइएको छ। मदिरा सेवन गरी गाडी चलाउँदा दुर्घटना गराएको आरोपमा दोषी ठहर गर्दै पल पेलोसीलाई पाँच दिनको जेल सजाय सुनाइएको हो।उनले पनि आफूले मदिरा सेवन गरी गाडी चलाएको स्वीकार गरेका छन्। तर ८२ वर्षीय पलले जेलमा भने बस्नु नपर्ने बीबीसीले जनाएको छ।दुर्घटनाकै दिन गत मे २८ मा उनी जेल बसेका थिए। त्यसलाई अदालतले दुई दिन मानेको छ। अरु दुई दिनको सजाय उनको राम्रो व्यवहारका कारण माफी दिइएको अदालतले जनाएको छ।

मापसे गरेर सवारी चलाएकोमा न्यान्सी पेलोसीका पतिलाई जेल सजाय

अमेरिकाको प्रतिनिधि सभाकी अध्यक्ष न्यान्सी पेलोसीका पति मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा दोषी पाइएका छन् । उनलाई पाँच दिनको जेल सजाय समेत सुनाइएको छ ।पल पेलोसीले सन् २०२२ को मेमा आफूले मादक पदार्थ सेवन गरेर गाडी बताउँदै त्यसको कारण गाडी दुर्घटनाको शिकार बनेको पनि स्वीकार गरेका छन् । यद्यपि, पेलोसीलाई यस मामिलामा गम्भीर आरोपबाट मुक्त गरिएको छ । ८२ वर्षीय पल जेलमा भने बस्नुपर्ने छैन । दुर्घटनाको राति अर्थात् २०२२ मे २८ का दिन उनी हिरासतमा बसेका थिए जसलाई अदालतले दुई दिनको कैद मानेको छ

बार्सिलोनाका पुर्व फरवार्डलाई २२ महिनाको जेल सजाय

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड स्यामुएल इटोलाई २२ महिनाको जेल सजाय सुनाइएको छ ।कर छली गरेको आरोप स्वीकार गरेपछि उनलेलाई झन्डै २ वर्षको जेल सजायसँगै यस्तै १.५५ मिलियन पाउण्ड जरिवाना तोकेको छ । इटोले बार्सिलोनाबाट खेल्दा ३.२ मिलियन पाउण्ड कर छली गरेको स्वीकार गरेका हुन् । कर छलीको आरोपमा स्पेनको सिउडाड डे ला […]

युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय

काठमाण्डाै – युक्रेनको एउटा अदालतले युद्ध अपराधको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय तोकेको छ । रुसी सैनिक विरुद्ध युक्रेनमा पहिलो पटक दर्ता भएको युद्ध अपराधसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले रुसी सिपाही सार्जेन्ट वादिम शिशिमारिनलाई दोषी ठहर गरेर आजीवन जेलको सजाय सुनाएको बीबीसीले जनाएको छ ।  एक जना साइकल यात्री गैरसैनिक नागरिकको हत्या गरेको आरोप लागेका ती सिपाहीले आरोप स्वीकार गरेका अदालतको आदेशमा उल्लेख छ । ती सिपाहीले आफूले सैनिक नियमअनुसार आदेशमा काम गरेको पनि बताएका छन् । ...