काठमाण्डाै – युक्रेनको एउटा अदालतले युद्ध अपराधको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय तोकेको छ । रुसी सैनिक विरुद्ध युक्रेनमा पहिलो पटक दर्ता भएको युद्ध अपराधसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले रुसी सिपाही सार्जेन्ट वादिम शिशिमारिनलाई दोषी ठहर गरेर आजीवन जेलको सजाय सुनाएको बीबीसीले जनाएको छ ।
एक जना साइकल यात्री गैरसैनिक नागरिकको हत्या गरेको आरोप लागेका ती सिपाहीले आरोप स्वीकार गरेका अदालतको आदेशमा उल्लेख छ । ती सिपाहीले आफूले सैनिक नियमअनुसार आदेशमा काम गरेको पनि बताएका छन् । ...