नेकपा एमालेको दशौं महाधिवेशनबाट पाँच वर्षको लागि ३०१ केन्द्रीय सदस्य चयन भएका छन् ।
चितवनको सौराहामा जारी बन्दसत्रमा आइतवार राति अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका हुन् ।
शनिवारको बन्दसत्रले केन्द्रीय सदस्यको सूची ल्याउने अधिकार ओलीलाई दिएको थियो ।
अधिकांश पुरानै अनुहारलाई समेटेर ओलीले ल्याएको सूची बन्दसत्रको हलबाट अनुमोदन भएको छ ।
ओलीविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी दिने बताएका घनश्याम भुसाल पनि केन्द्रीय कमिटीमा समेटिएका छन् ।&n...