एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतकाे घाेषणा

भक्तपुर – यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।  आज साेमवार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मी समक्ष आफ्नो धारणासहित देशभरिका कार्यकर्ताको मनोभावनाको उच्च सम्मान गरेर आफूले सचिव पदमा उम्मेदवारी दिन लागेकाे उहाँले बताउनुभयाे ।  पार्टी र देशका लागि आफूले निर्वाह गरेको भूमिका र पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा...