सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने – लोकप्रिय मत ल्याएर जित्छु

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरे ।‘म दसौँ महाधिवेशनमा एमालेको सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दैछु’, पत्रकार सम्मेलनमा बस्नेतले घोषणा गरे । बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस