मूल प्रवाह चंडिगढ नगर सदस्य शमशेर केसीको विदाइ

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका सदस्य शमशेर केसीको प्रवासबाट विदाइ गरिएको छ । पञ्जाबको चंडिगढस्थित इन्डस्ट्रीयल एरिया अन्तर्गत सेक्टर २८ मा बसोवास गरि गल्फकल्वमा कार्यरत शमशेर केसी स्वदेशको जनतान्त्रिक आन्दोलनमा प्रत्यक्ष सहभागी भइ काम गर्ने इच्छानुरूप स्वैच्छिक सेवानिवृत हुनुभएको हो । केसी १९९१ मा फरिदावादबाट एकता समाजको सदस्यता लिए पनि १९९५ मा चंडिगढको किसनगढ टोल समितिमा आवद्ब भइ निरन्तर क्रियाशील रहँदै हाल नगरसमितीको सदस्य, इन्डस्ट्रीयल एरिया समिति अध्यक्ष तथा नगर खेल विभागको कोषाध्यक्षलगायत विभिन्न जिम्मेवारी बहन गर्दै आउनुभएको थियो । उहाँलाई मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका र केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसेले संयुक्त रुपमा फूलको हार पहिनाइ स्मृति चिन्ह प्रदान गरी सम्मान गर्नुभएको थियो । केन्द्रीय सदस्य खडकाले उहाँको योगदानबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा मूल प्रवाहका क्षेत्रीय सल्लाहकार एवम् महिला क्षत्रीय विभागकी सचिव जुना चालिसे, महिला क्षत्रीय सदस्य एवम् नगर संयोजक माया आचार्य, सदस्य सिमा खडका, मूल प्रवाह नगर अध्यक्ष मानबहादुर केसी, सचिव तेजबहादुर रोका, एडवोकेट तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेल लगाएत नगर, एरिया तथा टोलका कार्यकर्ताहरुले टीका लगाएर सम्मान गर्नुभएको थियो । नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा तथा सहसचिव थानेश्वर पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर कोषाध्यक्ष किसन खनालले स्वागत गर्नुभएको थियो। दाङको राप्ती गाउँपालिका वार्ड नम्बर ८ पीपरी, सिसेनियाका स्थायी बासिन्दा शमशेर केसीले आफू स्वदेशमा गएर राष्ट्रिय जनमोर्चाको झण्डामुनी गोलबद्ध भइ जनतान्त्रिक आन्दोलनमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

निवर्तमान सम्पादक लम्सालको विदाइ

काठमाडौं । निवर्तमान सम्पादक ध्रुव लम्साललाई राजधानी न्यूज पब्लिकेशनले विदाइ गरेको छ । लम्साललाई पब्लिकेशनका सञ्चालक आशिस शेरचन र सम्पादक सरोज मिश्रले आइतबार विदाइ गरेका हुन् । सञ्चालक शेरचनले राजधानी दैनिकबाट उत्पादन भएका धेरै जनशक्ति सम्पादक लेबलमा पुग्नु खुशीको कुरो भएको बताए । उनले भने, ‘जो जहाँ गए पनि सबैको उन्नति र प्रगति देख्न चाहन्छु […] The post निवर्तमान सम्पादक लम्सालको विदाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपतिसँग चिनिया राजदूतको विदाइ भेट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी नेपालका चीनकी राजदूत होउ यान्छीले आज शिष्टाचार विदाइ भेट गरेकी छिन्।राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानसेनापति शर्मा र राजदूत यान्छीबिच विदाइ भेट

काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत हउ यान्छीबिच भेटवार्ता भएको छ। आफ्नो कार्यकालको अन्तिमसमयमा रहेकी यान्छीले जंगी अड्डा पुगेर शर्मासँग विदाइ भेट गरेकी हुन्। सो भेटका क्रममा शर्माले राजदूत यान्छीको कार्यकाल सफल भएमा बधाइ दिँदै आगामी दिनका लागि शुभकामना दिएका थिए। आफ्नो कार्यकालको समापनमा रहेकी…

कामु प्रधानन्यायाधीश कार्कीलाई सर्वोच्च अदालतबाट विदाइ

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार विदाइ गरेको छ । दुई दिनपछि कार्की विदेश भ्रमणमा जाने र पदावधि सकिंदासम्म स्वदेश नफर्कने भएकाले आइतबार नै सर्वोच्च अदालतले उनको विदाइ गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आइतबार कामु प्रधानन्यायाधीश कार्कीको विदाइ भएको पुष्टि गरे । ६५ वर्षे उमेर हदका कारण […]

भारतका निवर्तमान राष्ट्रपति कोविन्दको विदाइ

काठमाडौं । भारतका निवर्तमान राष्ट्रपति रामनाथ कोविन्दको विदाइ गरिएको छ । शनिबार साँझ एक कार्यक्रमका बिच कोविन्दको विदाइ गरिएको हो । विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको लागि गर्ने काम सर्वोच्च प्राथमिकतामा हुनुपर्ने भन्दै राजनीतिक दलहरुको ध्यानाकर्षण गराए । संसदका दुबै सदनले शनिबार बेलुका आयोजना गरेको उनको विदाइ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको सहभागिता थियो […]

हजयात्रीको अन्तिम टोलीलाई गृहमन्त्रीले गरे विदाइ

१० असार, काठमाडौं । साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने अन्तिम टोलीलाई आज गृहमन्त्री बालकृष्ण खाँणले विदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई विदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई विदाइ […]

सेवानिवृत्त सशस्त्र प्रहरीका महानिरीक्षकको विदाइ

काठमाडौं : सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको विदाइ गरिएको छ।सोमबार सेवानिवृत्त हुन लागेका महानिरीक्षक केसी र अतिरिक्त महानिरीक्षक  पौडेललाई  सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा विशेष समारोह गरी प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालले  विदाइ गरेका हुन्।कार्यक्रममा केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई संगठनको सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरे।

भलिबल खेलाडीलाई मधेश सरकारले गर्‍यो विदाइ

३ चैत, जनकपुरधाम । सुदुर पश्चिम प्रदेशमा ६ चैतदेखि आयोजना हुने दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई मधेश सरकारले बिहीबार विदाइ गरेको छ । प्रदेश सरकारको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले कैलालीमा हुन गइरहेको उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई सम्मानसहित विदाइ गरेको हो । मन्त्रालयका शाखा अधिकृत लक्ष्मण […]

महबुब आलमको भव्य विदाइ गर्न माग

१४ साउन, जनकपुरधाम । प्रदेश २ क्रिकेट संघले कीर्तिमानी खेलाडी महबुब आलमलाई भव्यताका साथ विदाइ गर्न नेपाल क्रिकेट संघसँग माग गरेको छ । आलमले निकट भविष्यमै क्रिकेटबाट सन्यास लिने बताएकाले उनको भव्यतापूर्वक विदाइ गरिदिन क्रिकेट संघसँग माग गर्ने निर्णय गरेको हो । महोत्तरीको बर्दिवासमा सम्पन्न प्रदेश क्रिकेट संघको बैठकले खेलाडी आलमको विदाइमा कुनै कमी हुन […]

यसरी गरियो बेलायती राजकुमार फिलिपको अन्तिम विदाइ (तस्बिरहरू)

अन्तिम संस्कारमा सहभागी भएकी महारानी एलिजावेथले मास्क पहिरिएकी थिइन्। आफ्ना श्रीमानलाई अन्तिम विदाइ गर्ने क्षणमा उनको साथमा अरू कोही थिएनन्। उनी एक्लै बसिरहेकी थिइन्।