सेवानिवृत्त सशस्त्र प्रहरीका महानिरीक्षकको विदाइ

काठमाडौं : सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको विदाइ गरिएको छ।सोमबार सेवानिवृत्त हुन लागेका महानिरीक्षक केसी र अतिरिक्त महानिरीक्षक  पौडेललाई  सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा विशेष समारोह गरी प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालले  विदाइ गरेका हुन्।कार्यक्रममा केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई संगठनको सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरे।