इन्टरनेटमा लगाइएको कर खारेज गर्न माग गर्दै धर्ना

२ साउन, काठमाडाैं । सरकारले इन्टरनेटमा १३ प्रतिशत कर लगाएको भन्दै नेपाल विद्यार्थी संघले बिरोध जनाएको । इन्टरनेटमा लगाइएको कर फिर्ता गर्न भन्दै नेविसंघले बुधबार नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयको अगाडि धर्नासमेत दिएका छन् । चुनाव प्रचारमा फ्री वाइफाइको नारा लिएर गाउँगाउँमा गएको कम्युनिस्टहरूको सरकारले थप शुल्क बढाएको भन्दै विद्यार्थीहरुले खबरदारी सुरु गरेका हुन् …

सम्बन्धित सामग्री

कटन र उनीको धागोमा लगाएको कर हटाउन व्यवसायीको माग

काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ। सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो।व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ। महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत

सुनचाँदीका वस्तुमा विलासिता कर फिर्ता गर्न माग

नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्राबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीन वटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला […]

छुर्पीमा कर छुट दिन माग

नेपाल डेरी एसोसिएसनले छुर्पीमा लाग्दै आएको कर छुट दिने व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । एसोसिएसनका पदाधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल र राजस्व...

रातो कर मिनाहा गर्न माग गर्दै प्रदर्शन (फोटो फिचर)

महिनावारीको समयमा प्रयोग गर्ने प्याड लगायतका विभिन्न प्रकारका सामाग्रीमा कर मिनाहा गर्न माग गर्दै शनिबार प्रदर्शन गरिएको छ । ललितपुरको जावलाखेलमा गरिएको विरोध कार्यक्रममा प्रदर्शनकारीहरूले महिनावारीको समयमा प्रयोग गर्ने प्याड लगायतका विभिन्न सामाग्रीमा बृद्धि गरिएको १३ प्रतिशत कर माफ गर्न सरकारसँग आग्रह गरेका हुन् ।प्रदर्शनमा उत्रिएका अभियन्ताहरुले त्यसविरुद्ध नाटक प्रदर्शन समेत गरेका थिए । अधिकांश युवा युवतीहरूको सहभागिता रहेको प्रदर्शनमा उनीहरुले रातो कर मिनाहा गर्न माग गर्दै नारा लगाएका थिए ।

कर बुझाउने म्याद बढाउनुपर्ने व्यवसायीको माग

सरकारले यही असार २५ गतेसम्म कर तिर्न सार्वजनिक सूचना जारी गरिसकेको छ। सरकारको उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै व्यवसायीले कर दाखिला गर्ने म्याद बढाउनुपर्ने माग गरेका हुन्।...

कर नलिन होटल व्यवसायीको माग

पर्सा : होटल तथा पर्यटन व्यवसायी संघले लकडाउनले थलिएको होटल व्यवसायसँग चालु आर्थिक वर्षको कर नलिन वीरगञ्ज महानगरपालिकासँग माग गरेको छ। संघका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरुको प्रतिनिधित्व गर्दै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।  गत बर्षदेखिकै कोरोना कहरले होटेल तथा पर्यटन व्यवसाय थला परेको छ। निषेधाज्ञा अवधिभर झन् होटल व्यवसाय चलेको छैन। यस्तो अवस्थामा घर भाडा समेत ऋण काढेर गर्नु पर्ने बाध्यकारी अवस्था आएकाले यस वर्षको क

कर बुझाउन नसक्नेलाई जरिवाना नलगाउन व्यवसायीहरुको माग

निषेधाज्ञाको अवधीमा कर तथा राजस्व असुलीलाई जबरजस्ती नगर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । बुधबार तीन वटै निजी व्यवसायिक संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । व्यवसायीहरूद्वारा जारी विज्ञप्तिमा निषेधाज्ञाको अवधिभर कर तथा राजस्व तिर्न सक्ने व्यवसायीहरु लिन र नसक्ने व्यवसायीहरूसँग  जबरजस्ती माग्ने र जरिवाना लगाउने काम नगर्न सरकारसँग आग्रह गरिएको छ ।गत वर्षदेखि जारी कोभिड–१९

कर छुट जरिवाना मिनाहा गर्न माग

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कोरोना महामारीको अवधिमा भएको निषेधाज्ञाको समयमा लाग्ने कर छुट र जरिवाना मिनाहा गर्नुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ती जराी गर्दै कर छुट र जरिवाना मिनाहा गर्न माग गरेको हो । लामो समयदेखि भएको निषेधाज्ञाले ठूला तथा साना उद्योगी व्यवसायी टाट पल्टने अवस्थामा पुगेको भन्दै संघले यस अवधिमा […]

कर छुट गर्दै जरिवाना नलगाउन माग

व्यवसायीहरुले कोरोना महामारीबाट प्रभावित भएको अवस्थामा कर छुट गर्दै जरिवाना नलगाउन सरकारसँग माग गरेका छन् ।व्यापार व्यवसाय पूर्णतया ठप्प भएको अवस्थामा समेत सरकारले व्यवसायीसँग कर असुल्न नछाडेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं महासंघका कृषि उद्यम तथा अनुसन्धान केन्द्रका केन्द्रीय उपाध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुर्वण’ ले कर असुल्न छाडेर जरिवाना समेत नलगाउन माग गरेका […]

यातायातको कर एकमुष्ठ बुझाउने व्यवस्था गर्न माग

यातायात व्यवसायीले विभिन्न शीर्षकमा सरकारलाई बुझाउनुपर्ने कर एकमुष्ट रुपमा बुझाउन पाउनुपर्ने माग गरेका छन् । विभिन्न शीर्षकमा छुट्टाछुट्टै कर बुझाउनुपर्दा झन्झटिलो भएको भन्दै वार्षिक वा अर्धवार्षिक रुपमा यातायातका सबै प्रकारका कर एकमुष्ठ बुझाउन मिल्ने सरलीकृत व्यवस्था गर्न सरकारसँग माग गरिएको हो ।ब्लुबुक नवीकरण, आयकर, जाँचपास, रोड परमिट जस विभन्न शीर्षकमा पटक–पटक कर बुझाउन झन्झटिलो भएको […]