चुनावको मुखमा सरकारले गर्यो १५ निर्णय: ऋण लिने, बढुवा गर्नेदेखि आयात प्रतिबन्धसम्म

यस्ता छन् असोज २८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु : १. नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्रा.डा.गोविन्द के.सी.बीच मिति २०७९ असोज ८ गते सम्पन्न सहमतिपत्र अनुमोदन गरी कार्यान्वयन गर्ने।२. फिलिपिन्सको मनिलामा आयोजना हुने Leadership Forum and Signing Ceremony of Commitment Letter- Strengthening Performance Audit Capacity in Asia and the Pacific विषयक कार्यक्रममा माननीय महालेखापरीक्षक टंकमणि शर्मा (दंगाल) समेत २ जनालाई सहभागी हुन स्वीकृति दिने।३. विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने २०० मिलियन अमेरिकी डलर ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने।४. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने।५ . २०७९ साल असोज २८ गतेसम्म पूर्ण प्रतिबन्ध लगाइएका विभिन्न ४ (चार) प्रकारका वस्तुको पैठारीमा लगाइएको बन्देजलाई २०७९ साल मङ्सिर मसान्तसम्म निरन्तरता दिने।६.बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्य अवधि समाप्त हुने मिति २०७९/७/११ देखि लागू हुने गरी १ वर्ष थप गर्ने। ७. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि सम्वत् २०८० साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने। ८. विभिन्न देशका ३७ जना विदेशी नागरिकहरुले बुझाउनु पर्ने भिसा दस्तुर, विलम्ब शुल्क र जरिवानाबापतको रकम मिनाहा गरी तीन महिनाभित्र नेपाल छाड्न प्रस्थान अनुमति दिने।९. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी थप जनधनको नोक्सानी हुन नदिनका लागि कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मगु र कालिकोट जिल्लाका | विपद् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने। १०. कपिलवस्तु जिल्ला साबिक बकडरीया वडा नं. ९(क) स्थित १-०-० विगाह | जग्गा १५(पन्ध्र) शैयाको अस्पताल भवन निर्माणार्थ ३० (तीस) वर्षका लागि वनभसि नगरपालिकालाई सशर्त प्रयोग गर्न स्वीकति दिने।११. नेपाली सेनाका व्य.नं. १७७५ सहायक रथी विजय थापाको पदावधि २०८०/६/१ सम्म थप गर्ने ।१२ . नेपाली सेना, सैनिक साधारण सेवाका व्य.नं. १८२५ महासेनानी राजेन्द्र प्रसाद सुनुवारलाई अवकाश हुने मितिभन्दा एक महिना अगाडिदेखि लागू हुने गरी सोही सेवाको सहायक रथी दर्जामा विशेष बढुवा गर्ने ।१३. नेपाली सेना, सैनिक हवाई सेवा, पाइलट समूहका व्य.नं. ३२०१ प्रमुख सेनानी सुवास खड़कासमेत चार पाइलट प्रमख सेनानीहरूलाई महासेनानी दर्जामा कार्यबाहक बढुवा गरी पदस्थापना गर्ने।१४ . आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीबमोजिम विभिन्न समयमा छपाई भएका, प्रकाशन नभएका र प्रचलनमा नरहेका रु. ४,१६,६२,३४३ । ७५ बराबरका हुलाक टिकट र हुलाक स्टेशनरीहरू मिनाहा दिने।१५ . औषधिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।

सम्बन्धित सामग्री

सरकार भन्छ- आयात प्रतिबन्ध हट्यो, राजपत्र कुर्दै राष्ट्र बैंक

४ पुस, काठमाडौं । सरकारले आयात प्रतिबन्ध हटाउने निर्णय गरे पनि वाणिज्य मन्त्रालयले समन्वय गर्न नसक्दा आयात प्रतिबन्ध यथावत रहेको पाइएको छ । सरकारले २८ असोजमा मंसिर मसान्तसम्म चार प्रकारको वस्तुहरुमा आयात प्रतिबन्ध कायम रहने गरी प्रतिबन्ध लम्ब्याएको थियो । तर, मन्त्रिपरिषदले यो प्रतिबन्धको म्याद नथप्ने निर्णय गरेपनि सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छैन […]

२९ मंसिरदेखि आयात प्रतिबन्ध हट्ने

सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २९ मंसिरदेखि लागु हुने गरी गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयातमाथिको प्रतिबन्ध हटाउने...

अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न नाडाको माग

काठमाडौँ- अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ । नाडाले आज पत्रकार सम्मेलन गरी विगत आठ महिनादेखि अटोमोबाइल्समा प्रतिबन्ध लगाउँदा समस्या भएको भन्दै आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको हो । नाडाका उपाध्यक्ष सुनिल रिजालले अटोमोबाइल्समा आयात प्रतिबन्ध लगाउँदा व्यावसायमा समस्या सिर्जना भएको बताए । अटोमोबाइल्स […]

आयात प्रतिबन्ध खुलाउन विश्व बैंकको सुझाव

राजधानीमा सोमबार आयोजित ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमाथिको छलफलका क्रममा विश्व वैंकले आयात प्रतिबन्ध हटाउन नेपाललाई सुझाव दिएको हो।...

आयात प्रतिबन्ध दुई महिना लम्बियो

विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले लगाउँदै आएको आयात प्रतिबन्ध थप २ महिना लम्ब्याएको छ । सरकारले गत वैशाख १४ गतेदेखि लगाएको आयात प्रतिबन्ध थप दुई महिना लम्ब्याएर मंसिर मसान्तसम्म पुर्‍याएको हो ।असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण प्रतिबन्ध लगाइएका चार प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई आगामी मंसिर मसान्तसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री […]

गाडी, मोबाइल, मोटरसाइकल र रक्सीको आयात प्रतिबन्ध लम्बाइयो

काठमाडौं। सरकारले गाडी, मोबाइल, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। विदेशी मुद्राको सञ्चितीमा अझै पनि अपेक्षा गरेअनुरुप सुधार नदेखिएको भन्दै मन्त्रालयले मंसिर मसान्तसम्म आयात प्रतिबन्ध कायम राख्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

चार वस्तुको आयात प्रतिबन्ध दुई महिना लम्ब्याइयो

सरकारले १५० सीसीभन्दा माथिको बाइक, महँगा पेट्रोलियम गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको छ ।

आयात प्रतिबन्ध खोल्न माग

व्यवसायीका विभिन्न संघसंस्थाहरुले सरकारले लगाएको आयात प्रतिबन्ध हटाउन माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायम रहेकोमा […]

१० वस्तुको आयात प्रतिबन्ध अझै लम्बिने

काठमाडौँ । गत वैशाखदेखि जारी विलासीता तथा अतिरिक्त वस्तुहरूको आयात प्रतिबन्ध अझै लम्बिने भएको छ ।  सरकारले गत वैशाख १३ गतेदेखि गाडीलगायत सुर्तीजन्य तथा मदिराजन्य वस्तु, खेलौना, लेज, कुर्मुरे, कस्मेटिक सामग्री लगायतका १० प्रकारका वस्तुहरूको आयात प्रतिबन्ध लगाएको थियो । सोही प्रतिबन्ध थप कायम हुने भएको हो ।  यसअघि जेठ १३ गतेसम्मका लागि यी वस्तुहरूको […]

श्रीलङ्कामा आयात प्रतिबन्ध खुकुलो पारियो

श्रीलङ्काले यस वर्षको मार्च र अप्रिलमा विभिन्न ३६९ वस्तुमा लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको अर्थ मन्त्रालयले बुधबार जनाएको छ।...