स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मनोजकृष्ण उप्रेती र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता पश्चात स्वरोजगार लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेशनल पेमेन्ट […]

सम्बन्धित सामग्री

स्वरोजगार लघुवित्तको साधारण सभा सम्पन्न , लाभांश सहित यी प्रस्ताव पारित

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शनिवार नेपाल हाउस हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो ।  सभाले ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।  त्यस्तै सभाले सर्वसाधारणमा एफपीओ निष्कासन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा फागुन १० गते सम्म कायम शेयरधनीले लाभांश पाउनयोग्य भएका छन् ।

स्वरोजगार लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ५९१ दशमलव ६८ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६३३ दशमलव १० मा अन्तिम कारोबार भएको थियो । यही मूल्यका आधारमा आइतवार कम्पनीको  शेयर कारोबार खुला हुनेछ ।

स्वरोजगार लघुवित्तको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डे चयन

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डे चयन भएका छन् । चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पाण्डेलाई चयन गरेको नेप्सेमार्फत जानकारी कम्पनीले दिएको हो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि एनपियसमा आबद्ध

काभ्रेपलान्चोक स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्थालागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका […]

स्वरोजगार लघुवित्तको संस्थापक शेयर सोमवारदेखि विक्रीमा

फागुन ३०, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आज (सोमवार) देखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा–५ काभ्रेपलाञ्चोकमा आफूले खरीद गर्ने शेयर कित्ताको विवरण खलाई निवेदन दिन कम्पनीले अनुरोध गरेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसेकेमा यो शेयर प्रचलित नियम अनुसार अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत कम्पनीले जानकारी दिएको छ ।

नेप्सेमा आज स्वरोजगार लघुवित्तको बोनस सूचिकृत

काठमाडौं, ११ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एक कम्पनीको बोनस सेयर सूचिकृत गरेको छ । नेप्सेले मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार एक सय ९८ दशमलव २४ कित्ता सेयर सूचिकृत गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर […]

स्वरोजगार लघुवित्तको सेयरधनीलाई आग्रह– बोनस पाउन कर तिर्नुहोस

काठमाडौं, ११ माघ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बुझाउन आग्रह गरेको छ । संस्थाले २०७७ साल असोज २५ गते पश्चात सेयर खरिद गरी कायम भएका सेयरधनीहरूलाई संस्थाको यसै बर्षको कार्तिक २८ गते सम्पन्न १३औँ वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशतका दरले बोनस सेयर बापतमा लाग्ने कर रकम […]

स्वरोजगार लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, ५ असोज २०७८)

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी रु. ४१ करोड १२ लाख ७९ हजार रहेको छ । २५ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. ५१ करोड ४० लाख ९८ हजार पुग्नेछ । कम्पनीको लाभांश गत वर्षभन्दा यस वर्ष बढेको छ । कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १२ दशमलव ३९ प्रतिशत बोनस शेयर वितरण गरेको हो । कम्पनीले असार मसान्तसम्म रु. १५ करोड ४३ लाख २१ हजार नाफा कमाएको थियो । निष्कर्ष कम्पनीको ६० दिने कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको कारोबार हालकै प्रवृत्तिमै निरन्तर रहने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ६७ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २५ दशमलव १९ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखालाई काटेर तल झर्न लागेको छ । सोमबारको शेयर मूल्य रु. १ हजार ५२८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिए १ हजार ५८० मा प्रतिरोध पाउने र सस्तिए रु. १ हजार ४६० मा टेवा पाउने देखिन्छ ।

स्वरोजगार लघुवित्तले गर्‍यो २५ % बोनस शेयर प्रस्ताव

भदौ २३, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/ ७८ को लागि २५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।  कम्पनीका बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४१ करोड १२ लाख ७९ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।  यस वर्ष बोनस शेयरमा लाग्ने करमा भने कम्पनीका शेयरधनीहरुले छूट पाउने भएका छन् ।  कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७७ साल असोज २५ गतेदेखि एकीकृत कारोबार गरेकाले प्राप्ति प्रयोजनका लागि बोनस शेयरमा लाग्ने करमा छूट पाउने भएको हो ।   कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।