साधना र सबैको लघुवित्त मर्जरमा जाने

१७ भदौ, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छन् । १५ भदौ शुक्रबार दुई संस्थाबीच मर्जरमा जानेसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपातमा मर्जरमा जाने सहमति भएको साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए । मर्जरपछि बन्ने […]

सम्बन्धित सामग्री

सबैको लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार तनहुँको बन्दीपुरमा सम्पन्न सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीलगायत वित्तीय विवरणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साथै लेखापरीक्षण समितिबाट सिफारिश भएबमोजिम श्रेष्ठ एण्ड न्यौपाने एशोसियट चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखापरीक्षक नियुक्त गरिएको छ । यसैगरी सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि सञ्चालक समितिलाई स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ । दुवै संस्था एकआपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि तथा अन्तिम सम्झौतापत्र लगायत मर्जर सम्बन्धी अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, गाभिएपश्चात् गठन हुने सञ्चालक समितिमा यस लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने लगायतका विभिन्न प्रस्ताव सभाबाट पारित भएका छन् । सभामा संस्थाका अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीले आफ्ना राय, सुझाव पेश गरेका थिए ।

एक दर्जन लघुवित्त कम्पनी मर्जर प्रक्रियामा, कुन कम्पनी कोसँग मर्ज हुँदै ?

काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरूमा मर्जरको लहर चलेको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त कम्पनीलाई सुविधा दिने भएपछि मर्जरमा जान थालेका हुन् ।  राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै निरन्तरता दिएको छ । २०८१ असारसम्म एकीकृत कारोबार गरे विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुसार पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर चलेको हो ।   पछिल्लो समय १२ वटा लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साधना र सबैको लघुवित्त, किसान र जाल्पा सामुदायिक लघुवित्त, मानुषी र श्रृजनशील लघुवित्त, मिर्मिरे र नेरुडे लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तबीच मर्जर सम्झौता भइसकेको छ । साधना लघुवित्त र सबैको लघुवित्तले गत भदौ १५ गते गाभ्ने तथा गाभिने (मर्जर)सम्बन्धी प्रारम्भिक सम्झौता गरेका हुन् ।  दुवै कम्पनीको शेयर स्वाप रेसियो समान अर्थात् १ः१ अनुपातमा मर्ज हुने सहमति भएको कम्पनीले बताएको छ । राष्ट्र बैंकबाट पहिलो चरणको स्वीकृति पाएको कम्पनीले जानकारी दिएको हो ।  दुवै कम्पनी राष्ट्रियस्तरमा कारोबार गरिरहेका छन् । सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुरमा छ भने साधना लघुवित्तको गोरखाको हरमटारीमा छ । सबैको लघुवित्तको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ छ भने साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ छ । मर्जरपश्चात भने कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।  किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जान गत साउन ९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन् । यी दुई अहिले कम्पनीको डिडिए भइरहेको किसान लघुवित्तका सूचना अधिकारी नवराज पोखरेलले जानकारी दिए । सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए) भएपछि मात्रै स्वाप रेसियो निर्धारण हुनेछ ।  हाल किसान लघुवित्तको करीब ५० करोड रुपैयाँ चुक्ता पूँजी छ भने जाल्पा सामुदायिक लघुवित्तको १८ करोड रुपैयाँ छ । समान हैसियतमा मर्जरमा गएमा मर्जरपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ६८ करोड रुपैयाँ पुग्नेछ ।  मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्थाले मर्जरमा जान २०७९ चैत २ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । पुस मसान्तभित्र एकीकृत कारोबार शुरु गर्ने तयारी भएको मानुषी लघुवित्तको वरिष्ठ अधिकृत मुरारी सापकोटाले बताए । डीडीए भएर आएपछि स्वाप रेशियो निर्धारण हुने उनको भनाइ छ । मानुषी लघुवित्तको केन्द्रीय कार्यालय, काभ्रे बनेपामा रहेको छ भने श्रृजनशिल लघुवित्तको केन्द्रीय कार्यालय, सिरहाको गोलबजारमा रहेको छ । मानुषी लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ भने श्रृजनशील लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएमा बन्ने कम्पनीको चुक्ता पुँजी २१ करोड ८७ लाख रुपैयाँ पुग्नेछ ।  नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस १२ गते मर्जर सम्झौता भएको थियो । यी दुई कम्पनी १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुन लागेका हुन् । कात्तिक ३ गतेको पत्रमार्फत नेपाल राष्ट्र बैंकले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरु गर्नेछन् । मर्जरपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।  सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच १ः०.८५ अनुपात मर्जरमा जान लागि अन्तिम सम्झौता गरेका छन् । २०७९ फागुन २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका कम्पनीहरूलाई मर्जरका लागि राष्ट्र बैंकले २०८० जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो । अब आवश्यक प्रक्रिया पूरा गरेर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार शुरु गर्नेछन् ।  समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्न गत भदौ ७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिका लागि संयुक्त निवेदन दिइसकेको मनकामना स्मार्ट लघुवित्तले जानकारी दिएको छ ।  राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर डीडीए भएपछि मात्रै शेयर स्वाप रेशियो निर्धारण हुने कम्पनीको भनाइ छ ।

साधना र सबैको लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं– साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै संस्थाबीच मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने सहमति भएको छ । उक्त सम्झौतामा साधना लघुवित्त वित्तीय […]

साधना र सबैको लघुवित्त मर्जमा जाने

साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै संस्था बीच २०८० भदौ १५ गते शुक्रबारका दिन मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेप्सेमा सूचीकृत ६० मध्ये ४५ लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत ४५ लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा जम्मा ६० लघुवित्त कम्पनी सूचीकृत छन् । अधिकांश लघुवित्त कम्पनीहरूले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने केहीको बाँकी छ । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्र्ने प्रस्ताव गरेको हो । यस कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।  ४५ कम्पनीहरूमध्ये एनआईसी एशिया लघुवित्तले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै गुराँस लघुवित्तले सबैभन्दा कम ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, सिभिल लघुवित्त, आदर्श लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, स्वाभिमान लघुवित्त, आशा लघुवित्त, स्वरोजगार लघुवित्त जनउत्थान सामुदायिक लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले घोषित लाभांशबारे निर्णय गर्न साधारण सभाको मिति तय गरिसकेका छन् ।  त्यस्तै एनआईसी एशिया लघुवित्त, किसान लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु, विजय लघुवित्त, सूर्योदय वोमी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त र जीवन विकास लघुवित्तले साधारण सभाको मिति तय गर्न बाँकी छ भने अन्य कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् ।  तीन लघुवित्तको लाभांश संशोधन लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये तीन कम्पनीको लाभांश संशोधन भएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्त, जीवन विकास लघुवित्त र आशा लघुवित्तको लाभांश संशोधन भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि संशोधन गरेको हो । यस्तै आशा लघुवित्तले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले लाभांश घटाएर स्वीकृति दिएको छ । यस्तै जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९ दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल ३७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  लाभांश रद्द  नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्को वित्तीय संस्थासँग मर्जरमा नगएसम्म कम्पनीलाई लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर शून्य दशमलव ५२ प्रतिशत नगद गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संशोधनपछिको लाभांश यस्तो छ  कम्पनीको नाम   २०७८÷७९ को लाभांश ( प्रतिशत)     कुल लाभांश – प्रतिशत)    बोनस शेयर  नगद लाभांश    जाल्पा सामुदायिक लघुवित्त 73 3.8421 76.84 उपकार लघुवित्त 61.75 3.25 65 महिला लघुवित्त 47.5 2.5 50 नेशनल माइक्रोफाइनान्स लघुवित्त  34.45   34.45 जीवन विकास लघुवित्त 26 7.15 33.15 सिवाईसी नेपाल लघुवित्त 30 1.58 31.58 आँधिखोला लघुवित्त 30 1.58 31.58 फरवार्ड लघुवित्त 25 5 30 आरएमडिसी लघुवित्त 26 1.3684 27.37 साना किसान लघुवित्त 26 1.3684 27.37 छिमेक लघुवित्त 22 3.26 25.26 महुली लघुवित्त 20 5 25 नेरुडे लघुवित्त 22 1.1579 23.16 स्वरोेजगार लघुवित्त 22 1.1579 23.16 मिर्मिरे लघुवित्त 23   23 स्वाभिमान लघुवित्त 20 1.0526 21.05 विजय लघुवित्त 20 1.0526 21.05 सामुदायिक लघुवित्त 10 11.0526 21.05 डिप्रोक्स लघुवित्त 10 11.0526 21.05 आदर्श लघुवित्त 20 1.05 21.05 स्वावलम्बन लघुवित्त 15 6.05 21.05 इन्फिनिटी लघुवित्त 20   20 फस्र्ट माइक्रोफाइनान्स लघुवित्त 19 1 20 साधना लघुवित्त 19 1 20 निर्धन उत्थान लघुवित्त 19 1 20 नयाँ सारथी लघुवित्त 19 1 20 कालिका लघुवित्त 19 1 20 लक्ष्मी लघुवित्त 15 5 20 ग्लोबल आइएमई लघुवित्त 12 8 20 मेरो माइक्रोफाइनान्स लघुवित्त 10 10 20 सबैको लघुवित्त 18 0.95 18.95 समता घरेलु लघुवित्त 15 3 18 मिथिला लघुवित्त 15 0.7895 15.79 जनउत्थान सामुदायिक लघुवित्त 15 0.7895 15.79 सूर्योदय वोमी लघुवित्त 15   15  आशा लघु्वित्त 14.2857 0.7143 15 एनआईसी एशिया लघुवित्त   14.75 14.75 समीट लघुवित्त 13.5628 0.7138 14.28 सिभिल लघुवित्त 11 0.58 11.58 सपोर्ट लघुवित्त 11 0.5789 11.58 आरएसडिसी लघुवित्त 8 3 11 एनएमबि लघुवित्त 10 0.5263 10.53 किसान लघुवित्त  7 0.3684 7.37 मनकामना स्मार्ट लघुवित्त 4.75 0.25 5 गुराँस लघुवित्त  4 0.2105 4.21