भियतनामको अन्तराष्ट्रिय उडान खुल्ला

भियतनाम–भियतनामले अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने भएको छ । आउँदो फेब्रुअरी १५ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको हो । कोरोनाको पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुले प्रवेश गर्दा तीन दिनमात्र अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बताइएको छ । भियतनामले अन्तर्राष्ट्रिय उडान सम्बन्धी नयाँ नीतिको बारेमा आफ्ना साझेदारहरुलाई जानकारी दिइसकेको छ । तर चीनले भने व्यापारिक उडान खुल्ला गर्ने […]

सम्बन्धित सामग्री

संसदमाा मलखाद, अन्तराष्ट्रिय उडान र स्वास्थ्य सेवाबारे सांसदहरूको चासो

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानले समयमै मदखाद पाउन नसकेका, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन नसकेको, मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुनुपरेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विभिन्न मुलुकबाट राजदूत फिर्ता बोलाइएको विषयमा स...

असार ६ गते पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं, १ असार। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट पहिलो अन्तराष्ट्रिय उडान हुने भएको छ। चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन अर्थात असार ६ गते चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो। १ जनवरी २०२३ का दिनमा नै पोखरा अन्तराष्ट्रिय विमानस्थल उदघाटन भएपनि अहिलेसम्म अन्तराष्ट्रिय उडान भने भएको छैन।

जजिराले सुरु गर्‍यो भैरहवाबाट कुवेतको दैनिक उडान

भैरहवा – नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तराष्ट्रिय उडान सुरु भएको छ । साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा-कुवेत दैनिक उडान सुरु गरेको हो । यात्रुहरूको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रूपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले […]

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट सुरु भयो नियमित अन्तराष्ट्रिय उडान

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान सुरु भएको छ। यसअघि सातामा तीन दिन नेपाल–कुवेत (भैरहवा–कुवेत रुटमा) उडान भर्दै आएको अलजजिरा एयरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको हो।...

ओमिक्रोनको त्रासका कारण भारतमा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय

भारतको उड्डयन नियामक महानिर्देशनालय (डिजीसीए) ले देशमा अन्तर्राष्ट्रिय उडानहरू स्थगित गर्ने निर्णय गरेको छ।नँया कोरोना भाइरस को सन्दर्भमा डिजीसीए ले नियमित निगरानी राखेको बताएको छ। सिर्जित अवस्थानुसार अन्तराष्ट्रिय उडान शुरु गर्ने वा नगर्ने भन्ने बारे निर्णय गरिने निर्देशनालय ले‌ जनाएको छ।यस सन्दर्भमा डिजीसीए ले भन्यो, ” नँया प्रकार को भाइरसको देखापरे सँगै हामी ले अवस्थाको‌ […]

सेप्टेम्बर महिनाका लागि अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक (तालिका)

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाको अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीमा सातामा १० उडान हुने छन् । नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने एयर इण्डियाले आइतबार, मंगलबार र शुक्रबार उडान गर्नेछ ।यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले हरेक दिन दुई उडान गर्नेछ । एयर अरेवियाकै जहाजले आबुधाबीबाट हरेक दिन काठमाडौं उडान गर्नेछ ।फ्लाई दुबईको जहाजले दुबईबाट काठमाडौँका लागि सातामा १० उडान गर्नेछ ।हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा साताको ६ उडान गर्नेछ । दुबईमा पनि हिमालयले साताको ६ उडान गर्नेछ । कतारको हमाद इन्टरनेशनल विमानस्थलमा हिमालयले सातामा ७ उडान गर्नेछ ।जजिरा एयरवेजले कुवेतबाट हरेक दिन काठमाडौँका लागि उडान गर्ने अनुमति पाएको छ । कोरियन एयर हरेक बुधबार दक्षिण कोरियाबाट काठमाडौँ आउँदा मालिन्दो एयरले क्वालालाम्पुरबाट सोमबार, बुधबार, शुत्रmबार र शनिबार काठमाडौँको यात्रा गर्नेछ । मलेसियन एयरको हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं उडान गर्नेछ । नेपाल एयरलाइन्सले काठमाडौँबाट कतारको हमाद इन्टरनेशनल एयरपोर्टमा हरेक दिन एक उडान गर्नेछ भने दुबईमा सोमबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ । नेपाल एयरलाइन्सले नै मलेसियाको क्वालालाम्पुरमा सातामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार उडान गर्नेछ ।जापानको नारिता विमानस्थलका लागि हरेक बिहीबार काठमाडौँबाट उड्ने नेपाल एयरलाइन्सको जहाज हरेक मंगलबार हङकङ विमानस्थल पुग्नेछ ।कतार एयरवेजले काठमाडौँबाट कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयर मस्कटबाट साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार काठमाडौं आउने छ । टर्कीस एयर सोमबार, बिहीबार र शनिबार काठमाडौंमा आउने छ । सिंगापुर एयरले हरेक आइतबार र श्रीलंकन एयरले मंगलबार र शनिबार काठमाडौँमा उडान गर्नेछन् ।

आज ३० वटा अन्तराष्ट्रिय उडान

अन्तराष्ट्रिय उडानहरु धमाधम थपिन थालेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चहलपहल बडेको छ । मंगलबार मात्र १० वटा जहाज कम्पनीले ३० उडान भर्ने भएका छन् ।