सेप्टेम्बर महिनाका लागि अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक (तालिका)

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाको अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीमा सातामा १० उडान हुने छन् । नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने एयर इण्डियाले आइतबार, मंगलबार र शुक्रबार उडान गर्नेछ ।यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले हरेक दिन दुई उडान गर्नेछ । एयर अरेवियाकै जहाजले आबुधाबीबाट हरेक दिन काठमाडौं उडान गर्नेछ ।फ्लाई दुबईको जहाजले दुबईबाट काठमाडौँका लागि सातामा १० उडान गर्नेछ ।हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा साताको ६ उडान गर्नेछ । दुबईमा पनि हिमालयले साताको ६ उडान गर्नेछ । कतारको हमाद इन्टरनेशनल विमानस्थलमा हिमालयले सातामा ७ उडान गर्नेछ ।जजिरा एयरवेजले कुवेतबाट हरेक दिन काठमाडौँका लागि उडान गर्ने अनुमति पाएको छ । कोरियन एयर हरेक बुधबार दक्षिण कोरियाबाट काठमाडौँ आउँदा मालिन्दो एयरले क्वालालाम्पुरबाट सोमबार, बुधबार, शुत्रmबार र शनिबार काठमाडौँको यात्रा गर्नेछ । मलेसियन एयरको हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं उडान गर्नेछ । नेपाल एयरलाइन्सले काठमाडौँबाट कतारको हमाद इन्टरनेशनल एयरपोर्टमा हरेक दिन एक उडान गर्नेछ भने दुबईमा सोमबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ । नेपाल एयरलाइन्सले नै मलेसियाको क्वालालाम्पुरमा सातामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार उडान गर्नेछ ।जापानको नारिता विमानस्थलका लागि हरेक बिहीबार काठमाडौँबाट उड्ने नेपाल एयरलाइन्सको जहाज हरेक मंगलबार हङकङ विमानस्थल पुग्नेछ ।कतार एयरवेजले काठमाडौँबाट कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयर मस्कटबाट साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार काठमाडौं आउने छ । टर्कीस एयर सोमबार, बिहीबार र शनिबार काठमाडौंमा आउने छ । सिंगापुर एयरले हरेक आइतबार र श्रीलंकन एयरले मंगलबार र शनिबार काठमाडौँमा उडान गर्नेछन् । 

सम्बन्धित सामग्री

हुस्सुका कारण देशभर आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

बाक्लो हुस्सुका कारण देशभरको आन्तरिक र अन्तराष्ट्रिय उडान पूर्णरुपमा ठप्प भएको छ । देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान ठप्प भएको छ भने विहान ६ बजेको तालिका अनुसारनै अन्तराष्ट्रिय उडान हुन नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।