संसदमाा मलखाद, अन्तराष्ट्रिय उडान र स्वास्थ्य सेवाबारे सांसदहरूको चासो

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानले समयमै मदखाद पाउन नसकेका, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन नसकेको, मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुनुपरेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विभिन्न मुलुकबाट राजदूत फिर्ता बोलाइएको विषयमा स...

सम्बन्धित सामग्री

छिमेकि मुलुक भारतमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

छिमेकि मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । भारतको कर्नाटका राज्यमा २ जनामा ओमिक्रोन देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।४६ वर्षीय पुरुष र ६६ वर्षीय पुरुषमा नयाँ भेरियन्ट देखिएका त्यहाको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले समाचार प्रकाशन गरेका छन् । भारतीय संचार मन्त्रालयले हालसम्म २९ देशमा नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको उल्लेख गरेको छ । यो भेरियन्ट हालसम्म कै खतरनाक रहेको बताइएको छ । यो नयाँ भेरिएन्ट फैलने डरले विश्वका अधिकांश देशहरुले यात्रामाथि प्रतिबन्ध लगाएका छन्। अधिकांश देशहरुले हवाई तथा स्थल यात्रामाथि प्रतिबन्धको घोषणा समेत गरिसकेका छन्। बेलायत, जापान, अष्ट्रेलिया लगायतका देशहरुले अन्तराष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउदै आवतजावत ठप्प पारिसकेका छन् भने अन्य देशहरुले पनि यहि शैली पछ्याउने क्रममा छन्। छिमेकि मुलुक भारतमा अन्तराष्ट्रिय उडान यहि १५ डिसेम्बरबाट सुरु हुँदै थियो तर उक्त उडान खुलाउने मिति समेत अर्को घोषणा नहुँदासम्मको लागि स्थगित गरिएको छ। नेपालमा के छ ?स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले उक्त भाइरसको नयाँ प्रकारबारे आफूहरूले सूक्ष्म निगरानी गरिरहेको बताएका छन्।उनीहरूका अनुसार पहिलेदेखि नै भाइरसका नयाँ भेरिअन्टहरू आउँछन् कि भनेर सतर्कताका साथ हेरिएको र निगरानी गरिएको अवस्था थियो।नयाँ भेरिअन्ट भेटिएपछि त्यो नेपालमा आएको छ कि भनेर थप सतर्कता अपनाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। 'अहिले हामीले स्थल र हवाई मार्गबाट भित्रिने व्यक्तिबारे सरकारले लिनुपर्ने सावधानीबारे हामीले प्राविधिक विश्लेषण गरिरहेका छौँ,' उनले भने।उनका अनुसार सबै नाकामा रहेका हेल्थ डेस्कलाई विशेष सावधानी अपनाउन निर्देशन दिइसकिएको छ। त्यस्तै ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र यात्रा अनुमति दिइएको तथा पूर्ण मात्रा खोप नलगाएकालाई अनिवार्य क्वारन्टीनको व्यवस्था गरिएको अधिकारीले बताए।खोप लगाएका व्यक्तिहरूले नेपाल आउँदा घरैमा क्वारन्टीन बस्न पाउने तर नलगाएकाहरूले आफ्नै खर्चमा होटलमा १४ दिन क्वारन्टीन बस्नुपर्ने व्यवस्था गरिएको उनी बताउँछन्।त्यस्तै नेपाल भित्रिएपछि गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएमा त्यसको जीन सीक्वन्सिङ गराइने उनले बताए। सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा पछिल्लो समय ठूलो मात्रामा नमुना लिएर जीन सीक्वन्सिङको काम भइरहेको छ।पहिले भाइरसका उत्परिवर्तित भेरिअन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमुना पठाइने गरिएको थियो।तर अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोनाभाइरसको आनुवंशिक पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्। अधिकारीले भने, 'अहिले पछिल्लो समयलाई मध्यनजर गरेर हामीले ठूलो सङ्ख्यामा नमुनाहरू विभिन्न ठाउँहरूमा पठाएर, हाम्रै स्थानीय प्रयोगशालामा पनि परीक्षण गर्ने कामहरू अगाडि बढाएका छौँ।''अहिलेसम्म पुष्टि भएका हिसाबले हामीकहाँ जुन दोस्रो लहरमा सङ्क्रमण गराएको सक्रिय भाइरस त्यही नै देखिन्छ। नयाँ भाइरस हामीकहाँ अहिलेसम्म पुष्टि भएको अवस्था छैन।'डा. अधकारीले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको पुष्टि हुनेबित्तिकै सार्वजनिक रूपमा जानकारी गराउने बताए। 'अहिले त्यो भाइरस हुन सक्ने, सङ्क्रमण आउन सक्ने सम्भावनालाई उच्च सतर्कताका साथ लिएर हामीले लिनुपर्ने सावधानीहरू जनस्वास्थ्यका मापदण्डहरू...यी सबै कुराहरूलाई हामीले सँगै लिएर जानुपर्नेछ,' अधिकारीले भने।

कोरोना भाईरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन' २५ देशमा देखियो (सूचीसहित)

कोरोना भाईरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन' २ दर्जन बढी देशमा देखिएको छ । सिएनएनका अनुसार हालसम्म विश्वका २५ देशमा यो नयाँ भेरिएन्ट देखिएको हो । सिएनएनका अनुसार अष्ट्रेलिया, अष्ट्रिया,, बेल्जियम, बोत्स्वाना, ब्राजिल, क्यानडा, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, हंगकंग, इजरायल, इटाली, जापान, नेदरल्याण्ड, नाइजेरिया, नर्वे, पोर्चुगल, साउदी अरेबिया, साउथ अफ्रीका, साउथ कोरिया, स्पेन, स्वीडेन, युके र अमेरिकामा यो नयाँ भेरिएन्ट देखिएको छ  । यो नयाँ भेरिएन्ट फैलने डरले विश्वका अधिकांश देशहरुले यात्रामाथि प्रतिबन्ध लगाएका छन्। अधिकांश देशहरुले हवाई तथा स्थल यात्रामाथि प्रतिबन्धको घोषणा समेत गरिसकेका छन्। बेलायत, जापान, अष्ट्रेलिया लगायतका देशहरुले अन्तराष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउदै आवतजावत ठप्प पारिसकेका छन् भने अन्य देशहरुले पनि यहि शैली पछ्याउने क्रममा छन्। छिमेकि मुलुक भारतमा अन्तराष्ट्रिय उडान यहि १५ डिसेम्बरबाट सुरु हुँदै थियो तर उक्त उडान खुलाउने मिति समेत अर्को घोषणा नहुँदासम्मको लागि स्थगित गरिएको छ। नेपालमा के छ ?स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले उक्त भाइरसको नयाँ प्रकारबारे आफूहरूले सूक्ष्म निगरानी गरिरहेको बताएका छन्।उनीहरूका अनुसार पहिलेदेखि नै भाइरसका नयाँ भेरिअन्टहरू आउँछन् कि भनेर सतर्कताका साथ हेरिएको र निगरानी गरिएको अवस्था थियो।नयाँ भेरिअन्ट भेटिएपछि त्यो नेपालमा आएको छ कि भनेर थप सतर्कता अपनाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। 'अहिले हामीले स्थल र हवाई मार्गबाट भित्रिने व्यक्तिबारे सरकारले लिनुपर्ने सावधानीबारे हामीले प्राविधिक विश्लेषण गरिरहेका छौँ,' उनले भने।उनका अनुसार सबै नाकामा रहेका हेल्थ डेस्कलाई विशेष सावधानी अपनाउन निर्देशन दिइसकिएको छ। त्यस्तै ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र यात्रा अनुमति दिइएको तथा पूर्ण मात्रा खोप नलगाएकालाई अनिवार्य क्वारन्टीनको व्यवस्था गरिएको अधिकारीले बताए।खोप लगाएका व्यक्तिहरूले नेपाल आउँदा घरैमा क्वारन्टीन बस्न पाउने तर नलगाएकाहरूले आफ्नै खर्चमा होटलमा १४ दिन क्वारन्टीन बस्नुपर्ने व्यवस्था गरिएको उनी बताउँछन्।त्यस्तै नेपाल भित्रिएपछि गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएमा त्यसको जीन सीक्वन्सिङ गराइने उनले बताए। सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा पछिल्लो समय ठूलो मात्रामा नमुना लिएर जीन सीक्वन्सिङको काम भइरहेको छ।पहिले भाइरसका उत्परिवर्तित भेरिअन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमुना पठाइने गरिएको थियो।तर अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोनाभाइरसको आनुवंशिक पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्। अधिकारीले भने, 'अहिले पछिल्लो समयलाई मध्यनजर गरेर हामीले ठूलो सङ्ख्यामा नमुनाहरू विभिन्न ठाउँहरूमा पठाएर, हाम्रै स्थानीय प्रयोगशालामा पनि परीक्षण गर्ने कामहरू अगाडि बढाएका छौँ।''अहिलेसम्म पुष्टि भएका हिसाबले हामीकहाँ जुन दोस्रो लहरमा सङ्क्रमण गराएको सक्रिय भाइरस त्यही नै देखिन्छ। नयाँ भाइरस हामीकहाँ अहिलेसम्म पुष्टि भएको अवस्था छैन।'डा. अधकारीले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको पुष्टि हुनेबित्तिकै सार्वजनिक रूपमा जानकारी गराउने बताए। 'अहिले त्यो भाइरस हुन सक्ने, सङ्क्रमण आउन सक्ने सम्भावनालाई उच्च सतर्कताका साथ लिएर हामीले लिनुपर्ने सावधानीहरू जनस्वास्थ्यका मापदण्डहरू...यी सबै कुराहरूलाई हामीले सँगै लिएर जानुपर्नेछ,' अधिकारीले भने।