मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन निजी क्षेत्रले गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिएको छ । निजी क्षेत्रका तीन ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयूक्त रुपमा गभर्नर अधिकारीसँग आगामी मौद्रिक नीतिका सम्बन्धमा छलफल गरेको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी मौद्रिक नीतिका सम्बन्धमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान हुनेगरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।
विराटनगर । अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति ल्याइनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बताएको छ । महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आगामी मौद्रिक नीतिका लागि विभिन्न १५ बुँदामार्फत नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका हुन् । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बजेटको लक्ष्य पूरा गर्न र बजार चलायमान बनाउन खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
महासंघ कोशी प्रदेशले रू. १ करोडमाथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जामा १५० प्रतिशत जोखिम भारित सम्पत्ति गणना गर्नुपर्ने व्यवस्था १०० प्रतिशतमा झारिनुपर्ने सुझाएको छ । यस्तै घर निर्माण कर्जामा रहेको रू. १ करोड ५० लाखको सीमा ३ करोडदेखि ४ करोडसम्म पुर्याउन आग्रह गरिएको छ ।
चालू पूँजी कर्जा मार्ग दर्शनका कारण बजारमा मन्दी आएको भन्दै महासंघ, कोशी प्रदेशले उक्त मार्ग दर्शनलाई समयसापेक्ष बनाउन माग गरेको छ । चालू पूँजी कर्जा मार्ग दर्शनका आधारमा वर्षको एकपटक ७ दिनसम्म कर्जा शून्यमा झारिनुपर्ने व्यवस्था खारेज गर्न आग्रह गरिएको छ ।
यसैगरी संस्थागत निक्षेपकर्ताको मुद्दती निक्षेपको अधिकतम ब्याजदर आधारदरभन्दा २ प्रतिशत कम गर्न माग गरिएको छ । निर्यातमूलक तथा बढी रोजगारी दिने उद्योगको कर्जामा लाग्ने ब्याजलाई विनाशर्त पुनर्तालिकीकरण गरी उद्योग सञ्चालनको वातावरण मिलाउन महासंघ, कोशी प्रदेशले आग्रह गरेको छ । साथै कृषिमा वैदेशिक लगानी भित्त्याउने बाटो खोलिनुपर्ने बताइएको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९(८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले सुझाव दिँदै विद्यमान आर्थिक अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्र चलायमान गराउने नीति लिन आग्रह गरेको हो । लगानीयोग्य तरलताको अभाव, भुक्तानी सन्तुलन, […]
अर्थतन्त्र चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सांसदहरूले राष्ट्र बैंकलाई सुझाव दिएका छन् । संघीय संसद्को अर्थ समितिले आगामी मौद्रिक नीतिका सम्बन्धमा सोमबार गरेको छलफलमा सांसदहरूले अर्थतन्त्र संकटमा रहेकाले अवस्था थप नबिग्रने र आर्थिक गतिविधि चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएका हुन् ।
अर्थतन्त्र चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सांसदहरूले राष्ट्र बैंकलाई सुझाव दिएका छन् । संघीय संसद्को अर्थ समितिले आगामी मौद्रिक नीतिका सम्बन्धमा सोमबार गरेको छलफलमा सांसदहरूले अर्थतन्त्र संकटमा रहेकाले अवस्था थप नबिग्रने र आर्थिक गतिविधि चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएका हुन् ।
नेपाल समचारपत्र, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का निम्ति नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गर्दै गर्दा मौद्रिक नीतिप्रति चासो बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् वित्तीय क्षेत्रलाई मार्गनिर्देश गर्ने भएकाले यसप्रति चासो बढेको हो । कोभिड–१९ को कारण विश्व अर्थतन्त्र प्रभावित भएका बेला केन्द्रीय बैंकले आर्थिक पुनरुत्थान तथा अर्थतन्त्र चलायमान गर्नका […]
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई चलायमान बनाउने गरी आगामी मौद्रिक नीति ल्याउन लागेको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घ (म्यान)ले आगामी आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिन शुक्रबार आयोजना गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “उद्योग र उद्यमी नरहेमा बैङ्क चल्दैन । त्यसैले आगामी मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी ल्याउछौँ । ”