स्थानीय निर्वाचनबाट ‘पोजिसन’ बदलिएसँगै नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा ‘निर्मम’ समीक्षा भएको छ । पार्टीले नतिजा खस्किनुको कारण र आगामी रणनीतिका बारेमा निर्मम समीक्षा गरेको एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले रातोपाटीलाई जानकारी दिए । शनिबार र आइतबार प्रदेश राजधानीमा आयोजित चौथो पूर्ण बैठकमा यसबारे गम्भीर रुपमा छलफल भएको उनको भनाइ छ । एमाले महासचिव शंकर पोखरेलको समेत उपस्थित रहेको सो समीक्षात्मक बैठकमा कर्णालीमा पार्टीको वर्तमान वस्तुस्थितिको बार