महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न, प्रथम संस्करणको विजेता आईसीएफसी फाइनान्स

काठमाडौं, १९ जेठ । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो । यहि जेठ १३ देखि १५ गते (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा […]

सम्बन्धित सामग्री

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४ को उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको छ । महालक्ष्मी विकास बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा आईसीएफसी फाइनान्स लिमिटेड दोस्रो भएको छ । प्रतियोगिताको उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक …

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक

महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ । २२ जेठदेखि २४ सम्म आयोजना भएको खेलमा प्राइम कमर्सियल बैंकले उपाधि जित्न सफल भएको छ भने आईसीएफसी फाइनान्स उपविजेता बनेको छ । आईसीएफसी फाइनान्सले आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छ्रे बैंकलाई...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक

महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ । २२ जेठदेखि २४ सम्म आयोजना भएको खेलमा प्राइम कमर्सियल बैंकले उपाधि जित्न सफल भएको छ भने आईसीएफसी फाइनान्स उपविजेता बनेको छ । आईसीएफसी फाइनान्सले आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छ्रे बैंकलाई...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग : पहिलो संस्करणको विजेता आईसीएफसी फाइनान्स

काठमाडौं (अस) । आईसीएफसी फाइनान्स महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पहिलो संस्करणको विजेता बनेको छ । जेठ महीनालाई वार्षिकोत्सव महीनाको रूपमा मनाइरहेको बैंकले आयोजना गरेको पहिलो संस्करणको विजेता उक्त फाइनान्स बनेको हो । जेठ १३ देखि शुरू गरिएको प्रतियोगिता १५ जेठसम्म सञ्चालन भएको थियो । ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा १६ टीमको सहभागिता थियो । प्रतियोगिताको दोस्रो स्थान प्राइम बैंक तथा तृतीय स्थान कामना सेवा विकास बैंकले प्राप्त गरेको छ । विजेतालाई ट्रफी तथा प्रमाणपत्र वितरणको कार्यक्रम समेत सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रूपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरू वितरण गरेका थिए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत आयोजकले पुरस्कृत गरेको छ । आयोजकका अनुसार आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना उत्कृष्ट फिल्डर, मुक्तिनाथ विकास बैंकका मनीष सिंह उत्कृष्ट विकेट किपर र महालक्ष्मी विकास बैंकका सागर गुप्ता उत्कृष्ट बलर हुन सफल भए । त्यस्तै कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्तव उत्कृष्ट ब्याट्सम्यान र प्राइम बैंकका कृतार्थ शाक्य उत्कृष्ट खेलाडी घोषित भएका थिए । ३२ खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको बैंकले जानकारी दिएको छ । २८औं वर्ष प्रवेशको अवसरमा बैंकले जेठ महीनाभरि वार्षिकोत्सवका कार्यक्रम गर्ने घोषणा गरेको थियो ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न, आईसीएफसी फाइनान्स बन्यो विजेता

काठमाडौं ।  महालक्ष्मी  विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ ।  जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो । जेठ १३ देखि १५ गते (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग आयोजना हुँदै

काठमाडौं (अस) । महालक्ष्मी  विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्ने भएको छ । जेठ महीनालाई वार्षिकोत्सव महीनाको रूपमा मनाइरहेको बैंकले आज (शुक्रवार)देखि लिग गराउन लागेको हो । आइतवारसम्म चल्ने उक्त लिग इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेट स्टेडियममा हुनेछ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीको सहभागिता रहने बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी बुधवार सार्वजनिक गरेका थिए । त्यस्तै आयोजक समितिका संयोजक तथा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दीपेश लम्सालले जर्सी सार्वजनिक गरेका थिए । यस्तै क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरूका बारेमा जानकारी गराए । नकआउट फम्र्याटमा आयोजना हुने लिगमा ३२ ओटा खेल खेलाइनेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूहको उत्कृष्ट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ ।