बैतडी – बैतडीमा नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताबीच झडप भएको छ । डिलाशैनी गाउँपालिकामा केन्द्रीय सदस्य एनपी साउद सहभागी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताले एक्कासी आक्रमण गरेका कांग्रेसले आरोप लगाएको छ ।
ओली पक्षका कार्यकर्ताले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला सङ्ग्रौला, बैतडीका सभापति नरेन्द्रजङ्ग थापा, नेविसङ्घका पूर्वसभापति नैनसिंह महरलगायत सहभागी कार्यक्रममा ढुङ्गामुढा गर्दा केही नेता घाइते भएका कांग्रेसले जनाएको छ । ओली समूहका कार्यकर्ताले नेत...