लेबनानमाथि इजरायलको जवाफी आक्रमण

काठमाण्डाै - इजरायलले लेबनानमाथि जवाफी आक्रमण गरेको छ । यसअघि लेबनानले इजरायलमा चार वटा रकेट आक्रमण गरेको थियो । यसको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलले जनाएको छ । यसबीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोनमा कुराकानी गर्नु भएको छ । गाजा क्षेत्रमा भइरहेको हिंसा पछि यो दुई नेताबीच चौथो पटक टेलिफोनमा कुराकानी भएको हो । उहाँहरुबीच गाजामा भइरहेको युद्धलाई रोक्ने विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । बाइडेनले आजै आफूले युद्धविराम वा युद्ध कम भएको घो...

सम्बन्धित सामग्री

इजरायलको कुन ठाउँमा इरानले गर्दैछ आक्रमण ?

आणविक हतियारको विषयमा इजरायल र इरानमा तनाव बढिरहेको छ ।  इरानबाट प्रकाशित हुने पत्रिका तेहरान टाइम्सले इजरायलको नक्सा प्रकाशित गरी सम्भावित लक्ष्यहरू देखाएको छ । इजरायलका रक्षामन्त्रीले इरानमाथि आक्रमण गर्ने भनी बयान दिएपछि इरानी पत्रिकाको दाबी प्रकाशित भएको हो ।  तेहरान टाइम्सले लेखेको छ, ‘इजरायली रक्षा बलहरूले सन् २०२२ मा व्यापक दायरामा युद्धाभ्यास गर्ने पुष्टि गरेको छ । इजरायली सेना इरानमाथि आक्रमण गर्ने विषयमा कति व्यग्र छ भन्ने यसबाट देखिन्छ । तर इरानले रक्षा उद्योगमा गरेको प्रगति इजरायललाई स्मरण ग...

इजरायल–प्यालेस्टाइन संघर्षमा भयो युद्ध अपराध, निशाना बने आमनागरिकः रिपोर्ट

बीबीसी। ह्युमन राइट्स वाच (एचआरडल्लु)ले गत मे महिनामा इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको संघर्ष युद्ध अपराध बराबर भएको जनाएको छ। एचआरडब्लुले गरेको जाँचअनुसार तीन घटनामा ६२ जना मारिएका थिए। इजरायलले गरेको आक्रमण हमासको सैन्य ठेगानामा भएको प्रमाणित कतैबाट पनि नहुने एचआरडब्लेले आफ्नो जाँच रिपोर्टमा जनाएको छ। संघर्षका बेला इजरायलले सैन्य आक्रमण केवल हमासको सैन्य ठेगानामा मात्र भएको बताएको थियो।

गाजामा इजरायलको हवाइ आक्रमण

इजरायलले गाजामा हमास आतंकवादीहरूविरुद्ध हवाइ आक्रमण गरेको छ। बीबीसीका अनुसार बुधवार गाजा क्षेत्रबाट विष्फोटनको आवाज आएको थियो। इजरायल डिफेन्स फोर्स (आइडिएफ) का अनुसार उक्त इलाकाबाट मंगलवार आगो लगाउने बेलुनहरू प्रक्षेपण गरिएको कारण कारवाही गरिएको हो। आइडिएफको लडाकु विमानले गाजा र खान यूनुस शहरलाई निशाना बनाएर आक्रमण गरेको थियो। जारी विज्ञप्तिमा…

गाजामा हवाई आक्रमण गरेर के सन्देश दिन चाहन्छ इजरायलको नयाँ सरकार ?

इजरायलमा नफ्टाली बेनेटको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै त्यहाँको वायुसेनाले गाजा स्ट्रिपमा बुधवार बिहानै हवाई आक्रमण गरेको छ ।    गाजाबाट लडाकूहरूले दक्षिण इजरायलमा बम भएको बलून पठाएपछि जवाफी कारवाहीस्वरूप हवाई आक्रमण गरिएको बताइएको छ ।  गत मे २१ मा इजरायल र गाजामा युद्धविराम भएपछि पहिलोपटक हवाई आक्रमण गरिएको हो । उक्त संघर्षमा २६० प्यालेस्टाइनी र १३ इजरायलीहरूले ज्यान गुमाएका थिए ।  प्यालेस्टाइनी स्रोतहरूका अनुसार, इजरायलको वायुसेनाले गाजाको खान युनेसको एक स्थानलाई तारो बनाएको छ ...

इजरायल–प्यालेस्टाइन द्वन्द्व : कुन देश कसको पक्षमा ?

४ जेठ, काठमाडौं । एक हप्तादेखि इजरायल र प्यालेस्टाइनबीच रक्तपातपूर्ण आक्रमण जारी छ । इजरायलको आक्रमणबाट गाजामा भारी क्षति पुगेको छ । इजरायलको आक्रमणबाट एक सातायता २ सय जनाको मृत्यु भएको गाजामा प्यालेस्टाइनको चरमपन्थी संगठन हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५९ बालबालिका र ३५ महिलासमेत रहेको उल्लेख […]

इजरायलद्वारा आज फेरि गाजा क्षेत्रमा हवाइ आक्रमण

बीबीसी। प्यालेस्टिनी पक्षले दक्षिणी इजरायलका शहरहरूमा आक्रमण गरेको जनाउँदै इजरायलले सोमबार बिहानै गाजा क्षेत्रमा दर्जनौंपटक हवाइ आक्रमण गरेको छ। इजरायल-प्यालेस्टाइनबीचको बढ्दो तनावबीच इजरायलले एक सातायता हमास समूहलक्षित गरी प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आइतबार तत्काल शान्ति स्थापनाका लागि गरेको आह्वानबीच आज पुनः इजरायलले आक्रमण गरेको हो।

टिकटकबाट सुरु भएको थियो इजरायल–प्यालेस्टाइन युद्ध

एजेन्सी। इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा युद्ध जारी छ। तर यो युद्ध जमिन, बमबारी र क्षेप्यास्त्र प्रहारमा मात्रै सीमित छैन। सामाजिक सञ्जालमा समेत दुई समूहबीच संघर्ष चलिरहेको छ। डिजिटल प्लेटफर्ममा जारी संघर्षमा टिकटक सबैभन्दा महत्वपूर्ण हतियार बनेको छ। इजरायलमा रकेट हानेको, गाजामा इजरायलले आक्रमण गरेको र प्यालेस्टिनीको विरोध प्रदर्शनका भिडियो टिकटकमा भाइरल छन्। जसका कारण प्रयोगकर्ताबीच नै टकराबको अवस्था देखियो।

इजरायल–प्यालेस्टाइनबीचको संघर्ष दोस्रो सातामा प्रवेश

एजेन्सी। इजरायल र प्यालेस्टाइनबीच जारी संघर्ष दोस्रो सातामा प्रवेश गरेको छ। प्यालेस्टाइन चरमपन्थीहरुले इजरायलमाथि रकेट र इजरायलले प्यालेस्टाइनमाथि हवाई तथा मिसाइल आक्रमण गरिरहेका छन्। यो संघर्षमा हालसम्म १९२ जना प्यालेस्टाइनीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। मृत्यु हुनेमा ५८ जना बालबालिका र ३४ जना महिला रहेका छन्। आइतबार मात्रै इजरायली आक्रमणमा परी ४२ जना प्यालेस्टाइनीले ज्यान गुमाएका थिए।

इजरायल : अरब पुरुषलाई कारबाट निकालेर कुटपिट (भिडियो)

इजरायलमा उग्रदक्षिणपन्थीहरूले भीडले तेलअभिभ नजिक एक अरब पुरुषमाथि बुधवार आक्रमण गरेका छन् । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चलिरहेको बेलामा ती पुरुषलाई बेहोश नहुन्जेल कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।    तेलअभिभको दक्षिणमा रहेको बात याम भन्ने स्थानमा आक्रमण गरिएको हो ।  प्रहरी तथा आकस्मिक सेवाका मानिसहरू घटनास्थलमा १५ मिनेटपछि मात्र आइपुगेका थिए । त्यतिन्जेल पीडित अचेत भएर सडकको बीचमा लडेका थिए ।  उक्त अरब पुरुषले यहुदी राष्ट्रवादीहरूमाथि गाडी चलाउन खोजेको भन्दै भीडले कुटपिटलाई...

इजरायल र हमासबीच युद्ध भड्किँदा गाजा कम्तीमा ४० जनाको मृत्यु

इजरायल र हमासबीचको शत्रुता बुधवार चर्किंदा गाजामा कम्तीमा ३५ जना मारिएका छन् भने इजरायलमा पाँचजनाले ज्यान गुमाएका छन् ।    गाजामा इजरायलले बुधवार बिहान सयौंवटा हवाई आक्रमण गरेको थियो भने हमास तथा अन्य प्यालेस्टाइनी लडाकू समूहले तेल अभिभ र बीरशेबामा अनेकौं रकेट प्रहार गरेका थिए ।  इजरायलको निरन्तर हवाई आक्रमणका कारण गाजामा रहेको अग्लो आवासीय भवन आक्रमणमा परी भत्केको थियो भने अर्कोमा गम्भीर क्षति पुगेको थियो ।  सन् २०१४ मा इजरायल र हमासबीच भएको युद्धपछि यो सबभन्दा भीषण भिडन्त हो । परिस्थि...