धनकुटा : गठबन्धन दल र नेकपा एमालले यसपटकको स्थानीय निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवार उठाएनन्। जिल्लाका सात स्थानीय तहमा गठबन्धन र नेकपा एमालेबाट कुनै महिलाको पनि प्रमुख पदमा मनोनयन दर्ता भएन। गठबन्धन दलले छथर जोरपाटी गाउँपालिकामा उपप्रमुख बाहेक कतै पनि महिला उम्मेदवार उठाएनन्। एमालेले भने सबै स्थानीय तहमा महिला उपप्रमुख तथा उपाध्यक्ष उठाएको छ। सम्भावना भएर पनि महिलालाई प्रमुखमा नदिएको सरोकारवालाको गुनासो छ। यसअघि जित हासिल गरेका पार्टीहरूबाट कम मात्र महिलाले प्राथ