बिजुलीकाे काम पूरा नहुँदा पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित

ताप्लेजुङ – बिजुलीको काम पूरा नहुँदा ताप्लेजुङको पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित भएको छ । पवित्र तीर्थस्थल पाथीभरा मन्दिरमा बिजुली भएको भए एक महिना अगाडि नै पानी पुग्ने थियो ।  पाथीभरा मन्दिरमा 'लिफ्टिङ' प्रविधिबाट पानी पुर्‍याउन सबै काम सकिएको छ । पानीको मुहानमा पम्प जडान भएको छ भने बलुडाँडामा पनि काम सकिएको छ । तर केन्द्रीय विद्युत् प्रसारण लाइन जडानको काम भइरहेकोले पानी पुर्‍याउन नसकिएको ठेकेदार कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले बताउनुभयो ...

सम्बन्धित सामग्री

पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम वर्षाले प्रभावित

चितवन, १९ भदौ । वर्षात्का कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत छ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको छ । उनले भने, “चार–पाँच दिन पानी […]

कर्णाली नदी बढ्दा तटबन्धनको काम प्रभावित

कैलाली : कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धनको काम पानीको सतह बढ्दा प्रभावित भएको छ । बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्धन निर्माण गर्न गरिएको पानी डाइभर्सन पानीको बहाव परिवर्तनका कारण कैलालीतर्फको तटबन्धन गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ । वर्षायाम सुरु हुन लाग्दा तटबन्धनको काममा पुगिरहेको अवरोधले कैलालीतर्फको भागमा यस […]

वर्षात्‌ले मतदानस्थलको काम प्रभावित

शुक्रबार हुने स्थानीय निर्वाचनको लागि मतदानस्थलमा खटिएका कर्मचारीलाई अहिले मतदानस्थल तारबार गर्न र बस्ने ठाँउको व्यवस्था मिलाउन कठिनाई भएको छ । वर्षात्‌का कारण मतदानस्थल हिलाम्मे भएका र धेरैजसो स्थानमा पानी भरिएकाले कर्मचारी तथा सुरक्षाकर्मीले सहज रुपमा र समयमै काम सम्पन्न गर्न सकेका छैनन् ।

पानी नपर्दा मकै रोप्न समस्या

जाजरकोट । आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीका भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।       पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए ।      वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपे पनि ७० प्रतिशत किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय शुरू भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्‍याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । वर्षा नभएकाले जमिन बाँझो हँुदा पशुचौपायालाई चरिचरण पनि हुन नसकेको उनीहरूको भनाइ छ । रासस

सेती नदीले बगायो चैनपुरबासीको पानी पिउने सपना

यसअघि लकडाउनका कारण आयोजनाको काम प्रभावित भएको थियो । अहिले सेती नदीले आयोजनालाई क्षति पुर्‍याएसँगै चैनपुरबासीको घरमै आयोजनाको पानी उपभोग गर्ने सपना पूरा हुन अझै समय लाग्ने भएको छ ।

बन्दाबन्दीले हलेसीको पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित

विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीले खोटाङको हलेसीमा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित भएको छ । दूधकोशीको पानी लिफ्टिङ प्रविधिबाट गाउँमा निकालेर घरघरमा वितरण गर्ने गरी तीन वर्षअघिदेखि शुरु गरिएको रु ९६ करोडको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित भएको हो ।

ठेकेदारको ढिलासुस्तीमाथि लकडाउन | Nagarik News - Nepal Republic Media

लकडाउनका कारण खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम प्रभावित भएको छ । दूधकोसीको पानी गाउँमा निकाल्नका लागि तीन वर्ष अघिदेखि थालिएको ९६ करोडको आयोजनाको काम कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनका कारण प्रभावित भएको हो ।