वर्षात्‌ले मतदानस्थलको काम प्रभावित

शुक्रबार हुने स्थानीय निर्वाचनको लागि मतदानस्थलमा खटिएका कर्मचारीलाई अहिले मतदानस्थल तारबार गर्न र बस्ने ठाँउको व्यवस्था मिलाउन कठिनाई भएको छ । वर्षात्‌का कारण मतदानस्थल हिलाम्मे भएका र धेरैजसो स्थानमा पानी भरिएकाले कर्मचारी तथा सुरक्षाकर्मीले सहज रुपमा र समयमै काम सम्पन्न गर्न सकेका छैनन् ।

सम्बन्धित सामग्री

सांसदहरु दलका काममा खटिँदा संसदीय समितिको काम प्रभावित भएका छन्ःदीपकबहादुर सिंह

काठमाडौं -सङ्घीय संसद््अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेको बताएका छन्। संसद््को विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला ठूला दलका सांसद भने समितिमा आउनै छोडेपछि ‘मिनी संसद्’ का काम सहजरूपमा अघि बढ्न नसकेका हुन्। प्रतिनिधिसभाका अघिल्ला दुई अधिवेशनमा निकै कम विधेयक दर्ता भएका र पारित […]

महानगर आवास परियोजनाको काम प्रभावित

सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगर १२ स्थित मलंगवा बस्तीमा सञ्चालित महानगर आवास परियोजनाको काम प्रभावित भएको छ। महानगर आवास परियोजनाको घर निर्माणका लागि प्रदेश १ को सरकारले उपलब्ध गराएको ७० लाख रुपैयाँ बजेट विराटनगर महानगरपालिकाले...

कर्णाली नदी बढ्दा तटबन्धनको काम प्रभावित

कैलाली : कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धनको काम पानीको सतह बढ्दा प्रभावित भएको छ । बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्धन निर्माण गर्न गरिएको पानी डाइभर्सन पानीको बहाव परिवर्तनका कारण कैलालीतर्फको तटबन्धन गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ । वर्षायाम सुरु हुन लाग्दा तटबन्धनको काममा पुगिरहेको अवरोधले कैलालीतर्फको भागमा यस […]

जीतपुरसिमराका मेयर कर्मचारीसहित काठमाडौंमा, पालिकाको काम प्रभावित

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर काठमाडौं लागेपछि कार्यालयको काम प्रभावित भएको छ ।मेयर पौडेलले काठमाडौंमा माओवादी पार्टीका नेता र मन्त्रीहरुलाई भेटन भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौं गएपछि कार्यालयको सेवा प्रभावित बनेको हो । जिल्ला प्रशासन कार्यालय बाराले नव निर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षरको न

जुम्लामा २ दिनदेखि इन्टरनेट सेवा बन्द, काम प्रभावित

जुम्ला – जुम्लामा दुई दिनदेखि इन्टरनेट सेवा बन्द भएको छ । इन्टरनेट बन्द हुँदा सरकारी कामकाजदेखि अन्य काम प्रभावित भएको छ । मोबाइल डाटा पनि नचल्दा सेवाग्राही मर्कामा परेका छन् ।  नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले इन्टरनेट नहुँदा समाचार पठाउनसमेत सकस भइरहेको जानकारी दिनुभयो ।  नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार दैलेखको रातालाग्नादेखि कालीकोटको भर्ताबीचमा समस्या आएको छ । अहिले समस्या देखिएको ठाउँमा टेलिकमको टोली पुगिसकेको र काम थालेको उहाँले जानक...

रुख काट्न ढिलो भएपछि मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित

रुख कटानमा भएको ढिलाइले सुर्खेतखण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ ।

माटो अभावमा सडक निर्माणको काम प्रभावित

माटो अभावका कारण लम्की–टीकापुर–खक्रौला सडक निर्माणको काम प्रभावित बनेको छ। सडकको होँचो भागमा माटो पटानी गर्नुपर्ने भएकाले आवश्यकता अनुसारको माटो पाउन नसकेका कारण समस्या भएको निर्माण पक्षले जनाएको छ।...

बजेट पास नभएकाले विमानस्थलको काम प्रभावित

काठमाडौं । समयमा बजेट पास नभएका कारण अहिले देशका अधिकांश विमानस्थल निर्माणको काम प्रभावित भएको छ । विमानस्थल निर्माण तथा विस्तारका लागि बजेट निकासा हुनुपर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट बेलैमा पास नभएका कारण हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अधिकांश विमानस्थल निर्माण आयोजनाको काम प्रभावित भएको हो । चालू आर्थिक वर्ष सुरु भएको साढे […]

चार दिनदेखि विद्युत्, टेलिफोन र इन्टरनेट नहुँदा रसुवा भन्सारको काम प्रभावित

चार दिनदेखि विद्युत्, टेलिफोन र इन्टरनेट नहुँदा रसुवा भन्सारको काम प्रभावित भएको छ । चार दिनदेखि परिरहेको निरन्तर वर्षा र त्यसले विभिन्न स्थानमा पहिरो जाँदा विद्युतका पोलहरूमा क्षति पुगेको अनुमान...

सहायक प्रजिअलाई कोरोना भएपछि जिल्ला प्रशासन कार्यालयको काम प्रभावित

पाल्पा : सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको काम प्रभावित भएको छ। सहायक प्रजिअलाई आइतबार संक्रमण पुष्टि भएको हो।रूघाखोकी लागेपछि पाल्पा अस्पतालमा परीक्षण गरिएको थियो। संक्रमण देखिएपछि उनी अहिले होम आइसोलेसनमा छन्। उनीसँग सम्पर्कमा आएका अन्य पाँचजना कर्मचारी पनि होम आइसोलेसनमा बसेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए। कर्मचारी आइसोलेसनमा बस्नु परेकाले कार्यालयको काम प्रभावित भएको छ। प्रजिअ पाण्डेले कार्यालयका अन्य कर्मचारीको मंगलबा