भरतपुर मतगणना विवादको सुनुवाइ सोमबार

भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि सोमबारका लागि सरेको छ।

सम्बन्धित सामग्री

मतगणना अपडेट : भरतपुर महानगरमा तीन हजारभन्दा बढीे मतान्तरले रेनु अगाडि

भरतपुर महानगरपालिकामा मतगणना भइरहेको छ । ४७ हजार ५११ मतगणना हुँदा पाँचदलीय गठबन्धन गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले  तीन हजारभन्दा बढीे मतान्तरले अग्रता लिएकी छिन् ।  दाहालले १७ हजार ९७२ मत ल्याएकी...

विवादपछि रोकिएको भरतपुर महानगरको मतगणना पुनः सुरु

चितवन- विवादका कारण रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना पुनः सुरु भएको हो । विवाद समाधानका लागि बसेको सर्वदलीय बैठकमा अबदेखि कर्मचारीलाई राम्रो व्यवहार गर्ने  सहमति भएपछि मतगणना प्रक्रिया सुरु भएको हो । मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको थियो । नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना […]

भरतपुर महानगरपालिकाको मतगणना रोकियो

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो ।  उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका हुन् । त्यसपछि गणना प्रभावित बनेको हो भने अहिले सहमतिको प्रयास भइरहेको छ । एमालेका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थलमा एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थल

भरतपुर महानगरपालिकामा फेरि मतगणना सुरु

भरतपुर महानगरपालिकामा फेरि मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर २ मा ३० कम भेटिएपछि मतगणना केहीबेर रोकिएको थियो ।मुचुल्कामा भन्दा ३० मत कम देखिएको दलका प्रतिनिधिहरुले बताएका छन् । ३० मत कम भेटिएपछि नेकपा एमालेले मुख्य निर्वाचन कार्यालयमा सोमबार निवेदन दिने भएको छ ।भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

भरतपुर महानगरको मतगणना रोकियो

भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । महानगरको वडा नम्बर २ मा ३० मत कम भएपछि मतगणना रोकिएको हो ।मुचुल्कामा भन्दा ३० मत कम भएको दलका प्रतिनिधिहरुले बताएका छन् । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालको अग्रता रहेको छ । नेकपा एमालेका विजय सुवेदी र दाहालको कडा प्रतिस्पर्धा भइरहेको छ ।

भरतपुर : ‘एमालेले पकड मानिएको वडामा मतगणना’

भरतपुर महानगरपालिकाको जारी मतगणना अन्तरगत अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ।  सो वडा एमालेको पकड भएको वडा मानिन्छ । एमालेको पकड भएकै कारण जारी मतगणनामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएको विश्लेषण गरिएको छ ।गत स्थानीय तह निर्वाचन पनि देवी ज्ञवालीले यो वडाबाट राम्रो मत पाएका थिए । सो वडाको मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ । यस्तै वडा नम्बर ११ लगायतका केही वडामा पनि एमालेको पकड रहेको बताइएको छ । जारी मतगणनामा  ७४७७ मत  गणना हुँदा गठबन्धनबाट

भरतपुर महानगर अपडेट : एमालेको विरोधपछि मतगणना रोकियो

चितवन । चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं. २ को गणना जारी रहँदा सूर्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताए । ‘पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भन्नुभयो […]

भरतपुर महानगरको मतगणना सुरु

काठमाडौं– चर्चामा रहेको चितवनको भरतपुर महानगरको मतगणना सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतगणना करिब तीन घण्टा ढिला गरेर सुरु भएको हो । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी छन् । उनको प्रतिस्पर्धा कांग्रेसका बागी र एमालेका उम्मेदवारसँग […]

चितवनको भरतपुर महानगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै

३१ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु गर्न लागिएको छ । निर्वाचन आयोगले मतगणना गर्ने कर्मचारी तथा दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापनमा ढिलाइ गर्दा गणना दुई घण्टाभन्दा बढी ढिला भैसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भनेर सूचना निकालेको थियो । […]

भरतपुर महानगरमा शनिबार बिहान ९ बजेदेखि मतगणना

काठमाडौं — चितवनको भरतपुर महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । शुक्रबार सबै मतपेटिका संकलन गरेपछि शनिबार बिहान ९ बजेबाट मतगणना सुरू गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । सर्वदलीय बैठकले मतगणना शनिबार बिहानबाट मतगणना गर्ने निर्णय गरेको हो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दूरसञ्चर रोडमा हुनेछ । […]