इन्धन मूल्य अनुसार ढुवानी भाडा नबढेपछि पेट्रोलियम व्यवसायी रुष्ट, सरकारलाई १५ दिने अल्टिमेटम

काठमाडौँः इन्धनको मूल्यवृद्धि अनुसार ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम व्यवसायीले १५ दिनको अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएका छन्। नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन, नेपाल ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको प्रतिनिधित्व हुनेगरि गठन भएको पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पत्रकार सम्मेलन गर्दै भाडा नबढाए ढुवानी रोक्ने चेतावनी दिएका…