प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन् – सरकारले जहाँ पठाए पनि जान तयार छु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको बताएका छन् । निर्देशक शाक्यले सरकारले आफूलाई अन्य जिम्मेवारी दिने सन्दर्भमा आवश्यकता अनुसार जहाँ जान पनि तयार रहेको बताएका हुन् । ‘मलाई अब अरू कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर सोध्नुभएको छ । मैले मेरो आवश्यकता महसूस गरेर सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको बताएको छु,’ बुधवार प्राधिकरणमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मेरो प्राविधिक कार्यक्षेत्र हो । प्लानिङ पनि गर्छु । आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु ।’ कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोभिड महामारी र लकडाउन भएको भए पनि विद्युत्मा कुनै समस्या नहुनेगरी काम गरेको बताए । गतवर्षभन्दा यस वर्ष विद्युत् आपूर्ति कम रोकिएको उनको दाबी छ । अस्पतालहरूमा सबै समय विद्युत् उपलब्धताको बस्दोबस्त मिलाइएको पनि उनले बताए । यसबीचमा ढल्केबर ४०० केभी सबस्टेशनलाई नेपाल–भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती–ढल्केबर २२० केभी सञ्चालन गरेको, माथिल्लो तामाकोशीको काम अगाडि बढाएको, थप १३ जिल्लामा पूर्ण विद्युतीकरण गरिएको र कर्णालीमा पहिलोपटक राष्ट्रिय प्रणालीको विद्युत् पुर्‍याएको उनको भनाइ छ । शाक्यले यस वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए । कोभिडका कारण घरघरमा पुगेर अनुगमन गर्न र हुकिङ तार हटाउन समस्या उनको भनाइ छ । उनका अनुसार अहिले १ दशमलव ६ प्रतिशत विद्युत् चुहावट बढेको छ । शाक्यले आफ्नो अपमान गर्ने तवरले प्राधिकरणको नेतृत्व फेरिन नहुने समेत बताएका छन् । ‘सरकारलाई सहयोग गर्न अर्काे कुनै ठाउँमा काम गर्नेगरी पद छाड्न तयार छु, तर मलाई अन्यायपूर्वक हटाउन खोजियो भने अदालत जान्छु,’ उनले भने । पछिल्लो समय सरकार हेरफेरसँगै ऊर्जामन्त्री पम्फा भुसाल र प्रधानमन्त्री शेरबहादुर देउवा शाक्यसँग सन्तुष्ट छैनन् । मंगलवार प्रधानमन्त्री देउवाले ऊर्जामन्त्रीलाई डाकेर विद्युत् प्राधिकरणको नेतृत्वप्रति चासो देखाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको थियो । त्यसलगत्तै ऊर्जामन्त्री भुसालले शाक्यलाई बोलाएर उनको कामबारे जानकारी लिएकी थिइन् । ऊर्जामन्त्री स्वयम् प्राधिकरणको हालको नेतृत्वको कामकारबाहीप्रति सन्तुष्ट छैनन् । केही दिनअघि उनले ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्राधिकरणको नेतृत्व फेर्नुपर्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।

सम्बन्धित सामग्री

सेवा चुस्त बनाउन कार्ययोजना तयार

गण्डकी  –गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवालाई चुस्त र प्रविधिमैत्री बनाउन कार्ययोजना तयार पारेको छ। सवारी चालक अनुमतिपत्र वितरणसहित कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र सहज बनाउन सरकारले पहल थालेको हो। वैशाख १५ गते बसेको वर्तमान मन्त्रिपरिषद्को पहिलो बैठकले सेवा प्रवाह सुधारबारे अध्ययन प्रतिवेदन तयार पार्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोदबहादुर […]

बूढीगण्डकी बनाउन सरकारले कम्पनी खोल्ने

काठमाडौँ । सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी परियोजना सम्पन्न गर्न कम्पनी खोल्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ऊर्जा मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको बताइएको छ । ऊर्जा मन्त्रालयले बूढीगण्डकी आयोजना निर्माणका लागि कम्पनी मोडल तयार पारेको थियो । सरकारले तयार पारेको संस्थापक लगानीकर्ताको मोडालिटी तयार भएको छ […]

सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने

काठमाडौँ- सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायिकरण, यान्त्रिकीकरणका, जलवायु अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रर्वद्धन गर्ने गरीको कृषि नीति सरकारले बनाउने भएको हो ।  आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्न नयाँ राष्ट्रिय कृषि नीति […]

लगानी योजना तयार गर्दै कर्णाली सरकार

सुर्खेत : कर्णाली सरकारले प्राथमिकतामा आधारित लगानी योजना तयार गर्ने भएको छ। भौतिक पूर्वाधारतर्फ सडक र पुल निर्माणका लागि प्रदेश सरकारले प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न लागेको हो। प्रदेशमा सडक सञ्जालको विकास तथा विस्तार कार्यलाई तीव्रता दिन लगानी योजना तयार गर्न लागिएको भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाले बताए।उनका अनुसार लगानी योजनाबारे आइतबार स्वीजरल्याण्डकी राजदूत जोन हडा र कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग छलफल भएको छ। मोटरेबल स्थानीय सडक

चीन अफगानिस्तान सरकारसँग अन्तरक्रिया गर्न तयार

चीन सरकारले अफगानिस्तानको तालिवान सरकारसँग अन्तरक्रिया गर्न तयार रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अफगानिस्तानको नयाँ सरकारलाई चीनले बधाई दिएको र सहकार्य गर्न इच्छुक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय...

मेराे आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाए पनि जान तयार छु - हितेन्द्रदेव शाक्य

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ पठाए पनि जान तयार रहेको बताउनुभएको छ । बुधवार प्राधिकरणमा पत्रकारहरूसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरू जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिँदै उहाँले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाए पनि आफू तयार रहेको जवाफ दिएको बताउनुभएको हो । उहाँले आफू इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाए पनि काम गर्ने बताउनुभयो । का...

शाक्य प्राधिकरणको नेतृत्व छाड्न तयार, ‘सरकारले जहाँ खटाउँछ त्यहाँ जान तयार छु’

काठमाडौँः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू पद छाड्न तयार रहेको बताएका छन्। कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि ऊर्जामन्त्री पम्फा भुसालले नै शाक्यलाई सहजीकरणका लागि आग्रह गरेकी थिइन्। शाक्यले आफू नेपाल सरकारको कर्मचारी भएकाले जहाँ खटाइन्छ त्यहीँ जाने बताए। विभागीय मन्त्रीले मंलगबार नै राजीनामा अपेक्षा गरे पनि शाक्यले…

यस्तो छ सरकारले तयार पारेको सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने निर्देशिका

सरकारले सामाजिक सञ्जालमा पोस्ट गरिएका विषयवस्तु लाइक, कमेन्ट वा सेयर गर्दा समेत विद्युत कारोबार ऐन अनुसार कारवाही गर्न सक्ने गरि सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धि निर्देशिका तयार पारेको छ।