काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ पठाए पनि जान तयार रहेको बताउनुभएको छ । बुधवार प्राधिकरणमा पत्रकारहरूसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरू जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिँदै उहाँले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाए पनि आफू तयार रहेको जवाफ दिएको बताउनुभएको हो । उहाँले आफू इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाए पनि काम गर्ने बताउनुभयो । का...