सुर्खेत : कर्णाली सरकारले प्राथमिकतामा आधारित लगानी योजना तयार गर्ने भएको छ। भौतिक पूर्वाधारतर्फ सडक र पुल निर्माणका लागि प्रदेश सरकारले प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न लागेको हो। प्रदेशमा सडक सञ्जालको विकास तथा विस्तार कार्यलाई तीव्रता दिन लगानी योजना तयार गर्न लागिएको भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाले बताए।उनका अनुसार लगानी योजनाबारे आइतबार स्वीजरल्याण्डकी राजदूत जोन हडा र कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग छलफल भएको छ। मोटरेबल स्थानीय सडक