विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ । पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे बाघ, एकसिङे गैँडा, गौरी गाईलगायतका वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो ।सीमित बासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भा