काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विराटनगरको नोबेल मेडिकल कलेजका आन्दोलनरत १० विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरूको समस्या समाधान गरेर उनीहरूलाई पढ्न सक्ने वातावरण बनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो […]