गाँजा खेती वैधानिक गर्ने पक्षमा उभियो संसदीय समिति, दुईपटक परिसकेकाे छ बजेटमा

लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ६ मा नेपाल सरकारको विशेष अनुमति प्राप्त गरेर यस्तो खेती गर्न सक्ने उल्लेख भएपनि नियमावलीको अभावमा गाँजा खेतीको वैधता छैन । गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनीरूपमा सहज बनाउन आज संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।