काठमाडौं : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री दाबी गर्न पुस २४ गते अपरान्ह ५ बजे सम्मका लागि समय दिइएको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उक्त आह्वानअनुसार…