काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकिएपछि यतिखेर विद्यार्थी संगठनका नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्। उनीहरू विद्यार्थी संगठनको भूमिकाबारे अन्तरक्रिया, भेटघाटलगायत कार्यक्रम आयोजना गरिरहेका छन्।पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। त्रिविले पनि २८ पुसमै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ। यो निर्वाच