काठमाडौँ- काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । मंगलबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो । अन्दाजी बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ८ः१२ बजे ५ दशमलव ४ म्यानिच्युडको भूकम्प मापन गरिएको छ।
यसै सातादेखि सुदूरपश्चिमलाई केन्दविन्दु बनाएर भूकम्प र लगातार परकम्प गइरहेका छन्। डोटी केन्द्र बनाएर दुईपटक र बाजुरालाई केन्द्र बनाएर दुई पटक भूकम्प मापन…
काठमाडौं : बाँकेमा शुक्रबार राति भूकम्प महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीर केन्द्रविन्दु बनाएर राति १ बजेर २८ बजे मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्प आसपासका जिल्लामा पनिमहशुस गरिएको थियो।यसअघि बिहीबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो।
काठमाडौं : नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोट गढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ।यसअघि आइतबार बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियाे। केन्द्रका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पकै रूपमा यी स&nd
काठमाडौं : नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ८ बजेर १३ मिनेटमा प्रदेश १ को खोटाङको मार्तिमबिर्ता क्षेत्र आसपास केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ।
भूकम्पको धक्का मधेश प्रदेश र…
काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बूलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ। सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।सिन्धुपाल्चोक आसपासका जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो। केन्द्रले २०७२ वैशाख १२ कै परकम्प भएको जनाएको छ।
काठमाडौं : भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेटमा चाँगुनारायण आसपास ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको महशुस उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा गरिएको छ।केन्द्रका अनुसार २०७२ वैशाख १२ गतेको (गोरखा) भूकम्पपछि नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५८३ परकम्प गएको छ।
बझाँङ, ६ वैशाख । बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । रासस
काठमाडौंः सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्कमा पूर्वी नेपाल र उपत्यकासम्म महसुस गरिएको छ। नेपाल भारतको सीमा सिक्किमलाई केन्द्र बनाएर सोमबार ८:४९ बजे भूकम्प गएको हो।
सिक्किमलाई केन्द्र बनाएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भारतको बिनागुरी केन्द्रविन्दु बनाएर…