काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौँ- काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । मंगलबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो । अन्दाजी बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सम्बन्धित सामग्री

काठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भुइँचालो गएको छ । मंगलबार साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार भूकम्पको धक्का काठमाडौंभित्र बढी महसुस भएको छ । काठमाडौं आसपासको क्षेत्रमा पनि सामान्य हल्लाएको उनले बताए ।

काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु सुन्धारा

खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो।