पर्वत : पर्वत अस्पतालले पत्रकारहरूको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासंघ र अस्पतालको बिचमा सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो। यसका लागि गत भदौमा नै अस्पतालको पुरानो समितिले निर्णय गरेको थियो।‘महासंघ र अस्पतालको बिचमा यसबारेमा सहमति भइसकेको छ। प्रक्रिया अगाडि बढेर पनि सम्झौता भने भएको छैन। सम्झौता भएपछि यसलाई कार्यान्वयनमा लैजान्छ