पर्वत : पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखालेपत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो। यसका लागि गत भदौमा नै अस्पतालको पुरानो समितिले निर्णय गरेको थियो।‘महासङ्घ र अस्पतालबीच यसबारेमा सहमति भइसकेको छ,प्रक्रिया अगाडि बढेर पनि सम्झौता भने भएको छैन,सम्झौता भएपछि यसलाई कार्यान्वयनमा लैजान्छौँ,’ उनले भने