काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव ल्याएको छ।काठमाडौँ महानगरपालिका नगर सभाको १४ औं अधिवेशनमा महानगरपालिकाको चालु आव ०८०/८१ को कार्यक्रम बजेटमा प्रस्तावित संशोधनमा सो प्रस्ताव ल्याएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन्।महानगरले चालु आवको कार्यक्रम बजेटमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख रुपैयाँ घटा