सामाजिक सुरक्षा कोषविरुद्धको मुद्दा : न्यायाधीशको राय बाझियो, पूर्ण इजलाशबाट निरूपण खोजिँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध दायर गरेको रीटमा दुई न्यायाधीशबीच राय बाझिएपछि यो मुद्दाको निरूपरण पूर्ण इजलाशबाट हुने भएको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठबीच राय बाझिएपछि उक्त रीटको टुंगो पूर्ण इजलाशले लगाउने भएको हो । आइतवारको इजलाशमा न्यायाधीश केसीले रीट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने राय राखेका थिए । त्यसैगरी न्यायाधीश श्रेष्ठले अन्तरिम आदेश दिन नहुने राय व्यक्त गरेका थिए । सामाजिक सुरक्षा कोषविरुद्ध २२ बैंकका कर्मचारी र विभिन्न युनियनले सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था खारेजीको माग गर्दै २० असारमा रीट दर्ता गरेका थिए । कोषले असार ३० गतेसम्म दर्ता भएर योगदान गरिसक्न पत्र काटेको थियो । उनीहरूले श्रम ऐन, २०७४ लागू हुनुपूर्व आपूmहरू बहालमा रहेको, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १३३ (१) अनुसार बनाइएको विनियमावलीअनुसार सेवासुविधा पाइरहेको बताएका छन् । र यसमार्फत पाइरहेको सेवासुविधा सामाजिक सुरक्षा योजना कार्यविधि, २०७५ ले गरेको व्यवस्थाभन्दा सुविधायुक्त भएको उनीहरूको भनाइ छ । साथै, हरेक बैंक तथा वित्तीय संस्थाले कर्मचारीका लागि छुट्टै कल्याणकारी कोषको व्यवस्थासमेत गरेको र कोषको योजनाभन्दा बैंकले दिइरहेको सुविधा बढी उपयोगी, व्यावहारिक र सरल भएको उनीहरूले तर्क गर्दै आएका छन् । मासिक रूपमा जम्मा भएको रकम अवकाशपछि एकैपटक निकाल्न नपाइने, जम्मा भएको रकम ब्याज र मूल्यवृद्धिदर जोड्दा घाटा हुने, पेन्सन पाउन ६० वर्ष उमेर तोकिएको, ६० वर्ष नपुगी जम्मा गरेको रकम निकाल्न नपाइने, अवकाशको ३ महीनापछि औषधि÷उपचार, दुर्घटना बीमा, मृत्यु संस्कारलगायत कुनै पनि सुविधा नपाइने विषयमा कर्मचारीहरूले प्रश्न उठाएका छन् । पेन्सन लिन थालेको १८० महीना (१५ वर्ष) पछि कर्मचारीको मृत्यु भएमा आश्रित पतिपत्नीलाई ५० प्रतिशत मात्रै निवृत्तिभरण दिइने बुँदामा पनि उनीहरूको आपत्ति छ । पाइरहेको सेवासुविधा घट्ने गरी सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै वित्तीय संस्थाका कर्मचारीहरू निरन्तर अन्दोलन गरिरहेका छन् । सरकारले भने उनीहरूको माग सम्बोधन गर्नुको साटो उल्टै कोषमा आबद्ध हुन ताकेता गर्दै आएको छ । यो कार्यक्रमको थालनी सरकारले २०७५ ११ मङ्सिरमा तामझामका साथ गरेको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको यो कार्यक्रम शुभारम्भ गर्दै ‘नयाँ युगको शुरुआत’ को संज्ञा दिएका थिए । सबैको सहमतिमा जुन रूपमा कार्यक्रम अघि बढ्नुपर्ने थियो, त्यही रूपमा अघि बढाउन पछिल्लो समय सरकार चुकिरहेको देखिन्छ ।

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोष र आइएमईबीच सम्झौता

सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाका लागि सम्झौता भएको छ । सो योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्न यी दुई संस्थाबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक […]

अन्य कोष जस्तै आकर्षक सुविधा ल्याउँदै सामाजिक सुरक्षा कोष

काठमाडौं, मंसिर १२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता मैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे । कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा […]

सामाजिक सुरक्षा कोष पुनर्संरचना आवश्यक: मन्त्री श्रेष्ठ

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रममन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढाउनुपर्ने बताए। रोजगारदाता र योगदानकर्ताको आकर्षण बढाउन कोषका योजनालाई पुनरवलोकन गर्नुपर्ने मन्त्री […]

सामाजिक सुरक्षा कोष   पुर्नःसंरचना  आवश्यक : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रम मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढाउनुपर्ने बताए ।रोजगारदाता र योगदानकर्ताको आकर्षण बढाउन कोषका योजनालाई पुनरावलोकन गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । कार्यक्रममा मन्त्रालयका सचिव एक

सामाजिक सुरक्षा कोष र बैंकहरूबीच टसल– बैंकर्सहरू आन्दोलित, कहाँ मिलेन कुरा ?

पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकहरूबीचको विवाद उत्कर्षमा छ । बैंकका कर्मचारीहरू यथास्थितिमा कोषमा सहभागी हुन मानिरहेका छैनन् । कार्यविधि नै संशोधन गरेर आफूहरूका माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ । मंगलवारबाट अधिकांश बैंकका कर्मचारीहरूले आन्दोलन शुरू गरिसकेका छन् । आन्दोलनरत कर्मचारीहरूले अदालतमा मुद्दा समेत दायर गर्ने तयारी गरेका छन् । ‘माग सम्बोधन गर्नेतर्फ कोषले कुनै पनि कदम चालेन, त्यसकारण हामी अहिले डकुमेन्टेसनको काममा छौं । केही दिनमा अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ,’ वित्...

सामाजिक सुरक्षा कोष ऐच्छिक बनाउन माग

काठमाडौं, असार ९ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध हुन अधिकांश बैंकका कर्मचारीहरू उत्साहित देखिएका छैनन् । असार मसान्तभित्र कोषमा अनिवार्य आबद्ध हुन भनेपछि बैंकका कर्मचारीहरूले स्वैच्छिक गर्न दबाब दिँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति भएको झूटो विवरण पेश गरेर सबैलाई बाध्यकारी बनाउन खोजेको वित्तीय कर्मचारी संघहरूले आरोप लगाएका […]

सामाजिक सुरक्षा कोष र बैंक कर्मचारीबीच विवाद

सामाजिक सुरक्षा कोष र बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच सूचीकरणको विषयमा विवाद देखिएको छ ।यसअघिदेखि नै केही प्रतिष्ठानबाट राम्रो सेवासुविधा र सामाजिक सुरक्षा पाइरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजना नजाने बताएसँगै विवाद देखिएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावली अनुसार कोषले योजनामा सामेल हुन बैंक तथा […]