सल्यान : कर्णाली प्रदेश सरकारले प्रदेशभित्र कृषि उपजको आयात निर्यातको तथ्यांक संकलन लिन थालेको छ। प्रदेशका प्रमुख दुई नाका कपुरकोट सल्यान र बबई सुर्खेतबाट कृषि उपजको तथ्यांक लिन सुरु भएको हो।कर्णाली प्रदेशभित्र उत्पादित र बाह्य क्षेत्रबाट कृषि उपजहरूको यथार्थ तथ्यांक नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा कठिनाइ भएको भन्दै दुई नाकाबाट कर्मचारी खटाई तथ्यांक लिने व्यवस्था गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेले जानकारी दिए।मंसिर ७ गतेदेखि नै २४ सै घण्टा