वरिष्ठ गायक दीप श्रेष्ठ तथा संगीतकार शक्ति बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ । ललितपुरको झम्सिखेलमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ संगीतकर्मी भक्तराज आचार्यसहितका व्यक्तित्वले गायनतर्फ श्रेष्ठ तथा संगीततर्फ वल्लभलाई सम्मानित गरेका हुन् । सम्मानका साथ नगद ५० हजार रुपैयाँ समेत रहेको छ । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी […]
संखुवासभा – अमर स्रष्टा खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई प्रदान गरेको छ । २०२५ साल पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीत/संगीतको क्षेत्रमा पदार्पण गर्नुभएका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।
लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को जजसमेत भइसकेका श्रेष्ठलाई ट्रष्टले ५० हजार रुपैयाँको राशीसहित सम्मान–पत्र प्रदान गरेको हो ।...
संगीत महर्षि नातिकाजीको स्मृतिमा स्थापित नातिकाजी स्मृति समाजले विभिन्न विधाका संगीतकर्मी र पत्रकारलाई नातिकाजी सम्मान र पुरस्कारबाट सम्मानित गरेको छ। समाजले सोमबार राष्ट्रपति भवनमा आयोजना गरेको एक समारोहबीच संगीतकर्मी र पत्रकारलाई प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान र पुरस्कार प्रदान गरेको हो। समाजका अध्यक्ष शम्भुजित बासकोटाको सभापतित्वमा सम्पन्न समारोहमा दुई दर्जन संगीतकर्मी र स्रष्टालाई सम्मान […]
काठमाडौं । म्युजिक भिडियोमा निरन्तर अभिनय गरेर नेपाली संगीत क्षेत्रलाई विशिष्ट योगदान पु¥याएको भन्दै अभिनेता राजेश हमाल शनिबार काठमाडौंमा एक समारोहबीच सम्मानित भएका छन् । अभिनेता राजेश हमाल केही वर्षयता म्युजिक भिडियोको अभिनयमा सक्रिय छन् । उनले चलचित्रमा काम नगरेको आधा दशक भयो । यसरी म्युजिक भिडियोमा योगदान दिएको भन्दै राष्ट्रिय संगीतकर्मी संघ नेपालले अभिनेता […]
The post राजेश हमाल सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । संगीतकर्मी कृष्ण गन्धर्व ‘लोक बहादुर स्मृति पुरस्कार’बाट सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शुक्रबार काठमाडौंको टोखामा आयोजित २० औं वार्षिक साधारण सभामा उनलाई १५ हजार नगद सहित सो सम्मान प्रदान गरिएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनीसँगै वर्तमान अध्यक्ष रमेश विजी र टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीलगायतले उनलाई फुलमाला र प्रम
भक्तपुर : लोक गायक बुद्धिकृष्ण लामिछाने र वरिष्ठ संगीतकर्मी रोशन राजभण्डारी सम्मानित भएका छन्। भक्तपुर सांगीतिक समाजले आफ्नो प्रथम वार्षिक साधारणसभाको अवसर पारेर शनिबार लोक गायक लामिछाने र वरिष्ठ संगी