वरिष्ठ गायक दीप श्रेष्ठ तथा संगीतकार शक्ति बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ । ललितपुरको झम्सिखेलमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ संगीतकर्मी भक्तराज आचार्यसहितका व्यक्तित्वले गायनतर्फ श्रेष्ठ तथा संगीततर्फ वल्लभलाई सम्मानित गरेका हुन् । सम्मानका साथ नगद ५० हजार रुपैयाँ समेत रहेको छ । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी […]