काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापन नभएसम्म फूलमाला र टीका ग्रहण नगर्ने र मिडियालाई अन्तर्वार्ता नदिने घोषणा गरे। गत जेठ १६ मा शपथ ग्रहण गरेर कार्यभार सम्हाल्दै गर्दा उनले यस्तो घोषणा गरेका थिए। ८५ दिन बित्यो तर उनले अझै टीका माला लगाउन पाएका छैनन्। कारण उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापनको विषयलाई लिएर उनी पटकपटक ‘ल्याण्डफिल साइट’ पुगे। स्थानीय बासिन्दासँग छलफल गरे। पटकपटक सम्झौता गरे&nb