ए साहुनी खै अर्को गिलास पनि खन्याइदिनुस् त ! बल्लबल्ल मुख फेर्न पाएको, अर्कोपालि यसरी आउन पाइने कहिले हो कहिले ? अहिले नै डोज पुग्ने गरी टुच्च लगाउन पर्यो ।हैन यार, बेलाबेला टुच्च लगाउन पनि पैसा नपुग्ने भयो । यसरी त कसरी जिन्दगी चल्छ हौ ? केही उपाय छैन भन्या ?पख न पख एक गिलास अझै थपौं । त्यसपछि उपाय त कति फुर्छ फुर्छ ?ए साहुनी मलाई पनि एक गिलास थप्नुस् त ।ल मलाई एउटा उपाय आयो । तँ र म मिलेर एउटा पार्टी खोलौं । यस्ता टुच्च लगाउन त कति पाइन्छ कति ?कस्तो हावा कुरा गर्छ यार । पार्टी खोल्दैमा टुच्च लगाउन पाइन्छ र भन्या । क्...