१२ भदौ, काठमाडौं । लोकसेवा आयोगले सहसचिवमा आन्तरिक र खुला प्रतिस्पर्धा दुबै बाटो खुला राख्नुपर्ने राय दिएको छ । संघीय निजामती विधेयकको मस्यौदामाथि राय दिँदै लोकसेवा आयोगले सहसचिवमा हालकै व्यवस्था कायम राख्न उपयुक्त हुने बताएको हो । विधेयकको मस्यौदामा प्रस्तावित विशिष्ट श्रेणीको अतिरिक्त सचिव हटाएपछि उपसचिवहरुले वृत्ति विकासमा असर पर्ने भन्दै विरोध जनाएका थिए । […]